काठमाडौं– धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करण आगामी माघ तेस्रो सातादेखि सुरु हुने भएको छ। आयोजक धनगढी क्रिकेट एकेडेमीले शुक्रबार पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको डिपिएल आगामी माघ १९ देखि फागुन ४ गतेसम्म हुने घोषणा गरेको हो।
_x000D__x000D_
राष्ट्रिय टिमको कार्यतालिका हेरेर डिपिएलको मिति तय गरिएको आयोजकले जनाएको छ। यद्यपी यहि समयमा अाठौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भनिएको छ। यस विषयमा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास बाहादुर शाहीले प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गरेर अघि बढ्ने बताए।
_x000D__x000D_
डिपिएलमा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने प्रतियोगितामा टिम चौराहा धनगढी, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ। अघिल्लो वर्ष संचलान भएको संघीय इकाइ प्रहरी कार्यालयको मैदानलाई वैकल्पिक मैदानका रुपमा तयार गरिनेछ।
_x000D__x000D_
टी–२० लिगका आधारमा हुने प्रतियोगितका शीर्ष ४ टिम प्ले अफमा पुग्नेछन्। प्रत्येक टिममा १५-१५ खेलाडी हुनेछन्। त्यसमा २ विदेशी खेलाडी र धनगढी हुने ट्यालेन्ट हन्टबाट आएका सुदुरपश्चिमका एक खेलाडी प्रत्येक टिममा अनिवार्य समावेश गर्नु पर्नेछ।
_x000D__x000D_
_x000D__x000D_
प्रतियोगिताको अनुमानित लागत ५ करोड रुपैयाँ रहेको छ। प्रतियोगिताका लागि विजय डिस्टलरीको रुस्लान क्रिकेटले १ करोड १० लाख रुपैयाँ बराबरको मुख्य प्रायोजन गर्ने भएको छ। जसमा कम्तिमा ७० लाख नगर प्रदान गर्ने डिस्टलरीले जनाएको छ। उसले खेलकुदमा गरेको यो अहिलेसम्मकै ठूलो प्रायोजन हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।