कञ्चनपुर– म्याजिक भ्यानले किचेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुरकी पाँच वर्षीया निशा जोशीको आज मृत्यु भएको छ।
_x000D__x000D_
झलारी बजारबाट शान्तिपुर जाँदै गरेको से१ज ९०२ नम्बरको भ्यानले झन्डाबोझ चोकमा किचेर बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए।
_x000D__x000D_
बालिकाकी आमाले म्याजिक चालकलाई भाडावापतको रकम दिँदै गर्दा बालिका भ्यानको अगाडि आएको र चालकले असावधानीपूर्वक गाडी चलाएपछि उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
_x000D__x000D_
बालिकाको शव परीक्षणका लागि कैलालीको सेती अञ्चल अस्पताल पुर्याइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।