काठमाडौं- अमेरिकाको न्युयोर्कमा छठ पर्व मनाउने तगरी गरेको छ। आफ्नो धर्म, कला, संस्कृतिलाइ जोगाई राख्न र छठलगायत मधेशी संस्कृतिलाइ विश्वसामु चिनाउन अल्बानी मधेशी समाज, न्युयोर्कले छठ पर्व मनाउने तयारी गरेको बताएको छ।अमेरिकाको राजधानी न्युयोर्कस्थित अल्बानी हिन्दू मन्दिरको पोखरीमा यस वर्षको छठ पर्व मनाउन लागिएको हो।
_x000D__x000D_
'न्यूयोर्क महानगर, बोस्टन, कनेटिकट र रेड़े अाइलेन्डका मधेशी समुदाय लगायत विश्वभरीका छठ पर्वमा आस्था राख्ने सम्पूर्ण दाजुभाई दिदीबहिनीको उपस्थितिमा छठ पर्व मनाइने छ,' छठ पर्व तयारी समितिका संजोयक प्रशान्त(प्रिन्स) साहले भने।
_x000D__x000D_
न्यूयोर्कमा पनि चार दिनसम्म नै छठ मनाइने समाजले जानकारी दिएको छ। मंगलबार साँझ अस्ताउदो र बुधबारको बिहान उदाउदो सूर्यलाई अर्घ्य दिए छठ पर्व समापन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।