काठमाडौं– हिमालयन बैंकको अध्यक्षबाट छिट्टै राजीनामा दिने अध्यक्ष मनोज बहादुर श्रेष्ठले बताएका छन्। आइतबार ‘वल्र्ड बुक अफ रेकर्डस्’बाट सम्मानित भएपछि बोल्दै अध्यक्ष श्रेष्ठले सो खुलासा गरेका हुन्।
_x000D__x000D_
उनले भने, ‘हिमालयन बैंकको अध्यक्षबाट छिट्टै राजीनामा दिएर रिटायर्ड जीवन बिताउने सोचमा छु।’ उनले आफूले अध्यक्ष पदबाट राजीनामा दिएसँगै भाइ प्रचन्डबहादुर श्रेष्ठलाई अध्यक्षको जिम्मेवारी दिने पनि प्रष्ट पारे। श्रेष्ठले पछिल्लो १५ वर्षदेखि हिमालयन बैंकको उपाध्यक्ष हुँदै अध्यक्ष्सम्मको जिम्मेवारी सम्हाल्दै आएका छन्।
_x000D__x000D_
अध्यक्ष श्रेष्ठलाई ‘वल्र्ड बुक अफ रेकर्डस्’ले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा योग्दान पुर्याएको भन्दै सम्मान गरेको छ। साथै होटल द्धारीकालाई वल्र्ड स्ट्यान्डर्डराइजेसन सर्टिफिकेट प्रदान गरिएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।