काठमाडौं– उज्यालो पर्व तिहारको आज मुख्य दिन। भाइटीका। हिन्दु धर्मावलम्बीहरुले दाजुभाइलाई दिदीबहिनिले सप्तरंगी टीका लगाउँदै धुमधामका साथ यो चाड मनाउँदैछन्। परापूर्वकालदेखि चेली-माइतीको अटुट सम्बन्ध एवं दीर्घायुका लागि यो पर्व मनाउने गरिएको छ।
_x000D__x000D_
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलमा शीर्ष नेताहरुले पनि विशेष गरिकाले तिहार मनाउँदैछन्। तिहारको समयमा पार्टीले आयोजना गरेको चियापानबाहेक अन्य राजनीतिक गतिविधि नभएकाले उनीहरु फुर्सद मिलाएर चाडपर्वमा रमाइरहेका छन्। उनीहरु पनि आफ्ना दिदीबहिनको हातबाट टीका ग्रहण गर्दै छन्। कतिपय भने कारणवश यसपालि टीका लगाउनेछैनन्।
_x000D__x000D_
राष्ट्रपति विद्यादेवी भण्डारी
_x000D_गणतन्त्रपछि दोस्रो पटकका लागि राष्ट्रपति पदमा निर्वाचित भण्डारी विगतझैं यसपटक पनि तिहार मनाउँदैछिन् । राष्ट्रपति भण्डारीले कान्छो भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाउँदै आएकी छन्।
_x000D__x000D_
अर्का भाइ अमेरिकामै बसोबास गर्ने हुनाले यसपटक पनि डेगेन्द्रलाई नै टीका लगाइदिने शीतल निवासले जनाएको छ। राष्ट्रपतिले टीकाको शुभ साइत ११:५५ मा मै राष्ट्रपति भवन शीतल निवासमा टीका लगाइदिने कार्यक्रम रहेको छ।
_x000D__x000D_
प्रधानमन्त्री केपी शर्मा ओली
_x000D_भर्खरमात्र अस्पताल बसाईबाट सरकारी निवास फर्केका केपी शर्मा ओली दसैंझैं तिहार पनि मनाउँदैछन्। दसैं उनले बालुवाटारमा धुमधामका साथ मनाएका थिए। आफूमात्र नभई सर्वसाधारणलाई समेत उनले टीका लगाइदिएका थिए। जसका कारण उनी बिरामी परे।
_x000D__x000D_
प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ओलीले दुई बहिनीको हातबाट टीका थाप्ने तयारी गरिरहेको उनको सचिवालयले जानकारी दिएको छ। उनका प्रेस संयोजक चेतन अधिकारीका अनुसार झापामा रहेकी बहिनी कौशल्या कोइराला र चितवनमा रहेकी अर्की बहिनी विष्णुकुमारी ढकाल टीका लगाइदिन काठमाडौं आइसकेका छन्।
_x000D__x000D_
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
_x000D_नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले भने यस वर्ष तिहार मनाउने छैनन्। दसैं पनि उनले मनाएनन्। छोरा प्रकाशको वार्षिकी बारेका कारण उनको यसपालिको चाडबाड खल्लो हुन पुग्यो।यद्यपि घरमै कार्यकर्ता भेटघाट गरेर तिहार मनाउने उनको तयारी रहेको छ।
_x000D__x000D_
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा
_x000D_प्रमुख प्रतिपक्षी दलका नेता एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले भने यस पटक तिहार मनाउँदैछन्। दसैं पनि उनले निजी निवास बूढानीलकण्ठमा मनाएका थिए। विगतझैं यस पटक तिहारमा पनि देउवाले बहिनी सुशीला खड्काको हातबाट टीका थाप्दैछन्। बर्सेनि देउवा उनैसँग टीका थाप्दै आइरहेका छन्। यसपटक पनि खड्काले नै टीका लगाउने उनको सचिवालयले जनाएको छ।
_x000D__x000D_
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल
_x000D_नेकपाका तेस्रो वरीयताका नेता माधव नेपालले पनि तिहार काठमाडौमै मनाउँदैछन्। यस पटक बहिनी बसुधा पोखरेलको हातबाट टीका लगाउने कार्यक्रम नेपालको रहेको छ।
_x000D__x000D_
पूर्वप्रधानमन्त्री झलनाथ खनाल
_x000D_नेकपाका अर्का वरिष्ठ नेता झलनाथ खनालले पनि उपत्यकामै तिहार मनाउने छन्। दसैंझै तिहार पनि परिवारका साथ यतै मनाउन लागेका हुन्। खनालले भक्तपुरमा रहेकी जेठी दिदी यशोधादेवी आचार्य र काठमाडौंमा रहेकी बहिनी कुसुम खनालको हातबाट शुभसाइतमै टीका थाप्ने कार्यक्रम रहेको खनालले जनाएका छन्। हरेक वर्ष दुवै दिदीबहिनिका हातबाट टीका छाप्दै आएको र यो वर्ष पनि सोही कार्यक्रम निरन्तर रहेको उनले बताए।
_x000D__x000D_
वरिष्ठ नेता रामचन्द्र पौडेल
_x000D_नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल ठूलीआमाकी छोरीको हातबाट टीका थाप्दै आएका छन्। चन्दा ओझाबाट शुभसाइतमा टीका थाप्ने कार्यक्रम रहेको पौडेलले बताए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।