काठमाडौं– रमाईलो पर्व तिहारको बारेमा आफ्ना–आफ्नै अनुभव र धारणा हुन्छन्। त्यसमा पनि सेलिब्रिटीको तिहार अनुभव र धारणा भने फ्यान÷फलोअर्सका लागि चासोको बिषय बन्ने गरेको छ। यसै सन्दर्भमा तीन हास्य कलाकार दिपाश्री निरौला, राजाराम पौड्याल र जितु नेपालको तिहार अनुभव र योजना के कस्ता छन् त? उनीहरुका अनुभव र योजना जस्ताका तस्तै-
_x000D__x000D_
दीपाश्री निरौला
_x000D__x000D_
‘तिहार भन्ने बितिक्कै दाजुभाइको सम्झना आईहाल्छ। दाजुभाइले मलाई के–के दिने हुन्। उनीहरूलाई मैले के–के लानु पर्ने हो यी सबै सम्झना आउँछ। जतिबेला दाजुभाई जन्मिएकै थिएनन् र हामी पनि साना थियौं, त्यतिबेलाको सम्झना पनि खुबै आउँछ।
_x000D__x000D_
_x000D__x000D_
एउटा क्षण छ जुनबेला म आमालाई भन्ने गर्थे, आमा! भाई पाईदिनु न। सबैले आ–आफ्ना दाजुभाइलाई टीका लगाइदिइसक्थे आफू भने.... आमाले भाइ पाइदिन कहाँ त्यति सहज थियो र? अनि आमाले भने सानो पुतली जस्तो गुडिया दिनुहुन्थ्यो। यही हो तेरो भाइ भनेर दिनुहुन्थ्यो। ती कुराहरू खुब याद आउँछ।’
_x000D__x000D_
दीपालाई पछिल्लो समय पनि तिहार उत्तिकै रमाइलो लाग्ने बताउँछिन्। यही कारणले उनी दशैं होस् या तिहार, घरपरिवारसँग रमाउन आफ्नो विराटनगर पुग्ने गरेको बताइन्।
_x000D__x000D_
राजाराम पौडेल
_x000D__x000D_
‘बच्चा बेलाको तिहार सम्झदा आसाध्यै रमाइलो लाग्छ। अहिले पनि चाडबाड मध्ये सबैभन्दा रमाइलो तिहार नै लाग्छ। तर बच्चाबेलामा भने देउसी खेल्न जाने र पाएको पैसाले पुरा रात नै बित्ने गरी वनभोज जाने गरिन्थ्यो। ती सबै कुरा याद आउँछ। तर पछिल्लो समय भने तिहारको मौलिकपन हराउँदै गएको हो कि, जस्तो लाग्छ।
_x000D__x000D_
_x000D__x000D_
दाजुभाइलाई दिदिबहिनीले के दिने? कति दिने? दाजुभाईले पनि के कति दिने जस्तो आर्थिक पक्ष जोडेको पाइन्छ। त्यसैले यसलाई आफनो अवस्थाअनुसार मनाए चाँहि राम्रो हो जस्तो लाग्छ।’
_x000D__x000D_
राजारामको यस वर्षको तिहार भने त्यति उल्लासमय छैन। काकाको निधनका कारण उनको तिहार खल्लो बन्ने छ। तर पनि बाहिरको तिहारको माहोल हेरेर रमाउनेछन् उनी।
_x000D__x000D_
जितु नेपाल
_x000D__x000D_
‘तिहार भन्ने बित्तिकै म देउसी–भैलो सम्झन्छु। दिदीबहिनीहरू लक्ष्मीप२जा गरेकै दिन भैली खेल्न जान्थे तर पुरुषले भैली खेल्न हुँदैन भन्ने चलन थियो। तिमीहरूले देउसी खेल्ने हो। देउसी खेल्ने दिन भोलि हो भन्थे। अनि हामी देउसीको तयारी गर्ने गर्दथ्यौं।
_x000D__x000D_
_x000D__x000D_
तिहार भन्ने बितिक्कै म देउसीभैलो सम्झन्छु। अहिले पनि टोलमा आउने केटाकेटीसँग केही समय देउसी खेल्ने गरेको छु। अर्को कुरा मलाई तिहारचाँहि दसैंभन्दा केही भद्र शाकाहारी जस्तो लाग्छ। किनभने दसैंमा जताततै मासु खसीजस्ता कुरा हुन्छन्। तर तिहारमा जताततै बत्ती, झिलिमिली देउसीभैलोलगायतका विषय हुन्छन्।’
_x000D__x000D_
जितु नेपाल अर्थात् 'मुन्द्रे'को यस वर्षको तिहार आफ्नो नयाँ कार्यक्रम ‘मुन्द्रको कमेडी सो’का लागि धेरै समय बिताउने योजनामा छन्। परिवारलाई समय दिने तथा सिन्धुपाल्चोकमा भएकी दिदीसँग टीका लागाउन जाने तयारीमा छन् जितु।
_x000D__x000D_
भिडियोः
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।