काठमाडाैं– मधुवन साहित्य प्रतिष्ठानले चार पुस्ताका १५ जना कविका कवितालाई एउटै मञ्च दिएको छ। राजधानीमा शनिबार आयोजित कार्यक्रममा अग्रज कविहरू मञ्जु काँचुली, उषा शेरचनसँगै पछिल्लो पुस्ताका निर्भीकजङ्ग रायमाझीसम्मले कविता सुनाए।
_x000D__x000D_
कविता वाचनकै क्रममा अमृता स्मृतिले ‘रिपोर्टरको जिन्दगी’ सुनाइन् भने देवकी अभिलाषीले ‘वनमान्छे’ कविता प्रस्तुत गरिन्। यस्तै बलात्कारका अनेक श्रृङ्खलाका कारण देशमा व्याप्त हिंसाजन्य घटनाको विम्बमा महेश क्षितिजले ‘वर्तमान र बादलको देश’ कविता प्रस्तुत गर्दा रामगोपाल आशुतोषले ‘एक्लो उपत्यका’ सुनाए।
_x000D__x000D_
कवि चन्द्रवीर तुम्बापोले ‘पछिल्लो चित्रमा गाउँ’, ठाकुर बेलबासेले ‘यात्रा आफ्नै खुट्टाको’, निर्भीकजङ्ग रायमाझीले ‘रूखमुनिको छाया’ कविता वाचन गरेका थिए।
_x000D__x000D_
कविहरू नवराज लम्साल, फुलमान बल, भगवती बस्नेत, ठाकुर वेलवासे, मणि लोहनी, शितल कादम्बिनी, डा.विप्लव ढकाल, मोमिला जोशी, उषा शेरचन र मञ्जु काँचुलीले पनि आफ्ना कविता प्रस्तुत गरे।
_x000D__x000D_
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकूलपति विष्णुविभु घिमिरेले चार पुस्तालाई एकै ठाउँमा सुन्न पाउँदा कुनै उत्सव मनाएझैं आभास भएको बताए।
_x000D__x000D_
उनले छन्द, गद्य र गजल सबै विधालाई एकै ठाउँमा सुन्न पाउँदा खुसी लागेको पनि बताए। नयाँ पुस्ताप्रति अति नै आशावादी रहेको समेत बताए।
_x000D__x000D_
आयोजक संस्था मधुवन साहित्यिक प्रतिष्ठानका अध्यक्ष जीवन खत्रीले संस्थाको भावी योजना सुनाउँदै आगामी पाँच वर्षमा १० लाखको अक्षयकोष स्थापना गरी साहित्यिक पुरस्कार दिने लयागतका कार्यक्रमकाे घोषणा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।