सोलुखुम्बु– सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–४ स्थित जोङ्ला भन्ने स्थानमा लेक लागेर सोमबार १ जना स्पेनिस नागरिकको मृत्यु भएको छ।
_x000D__x000D_
दिउँसो साढे १२ बजे भ्रमणको लागि जोङ्लाबाट चोलापास जाने क्रममा अचानक लेक लागेर फ्रान्सिस्को एन्टोनियो नाम गरेका स्पेनिस नागरिक (पुरुष)को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
_x000D__x000D_
लेक लागेर अचानक बिरामी भएका एन्टोनियोलाई तत्काल उद्धार गरी उपचारको लागि अल्टिच्युट एयरको हेलिकोप्टरद्वारा दिउँसो १ बजे पासाङल्हामु निकोल निक्की अस्पताल लुक्ला पुर्याइएको थियो। तर, उनको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
_x000D__x000D_
उनकोको शव कानूनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि अपरान्ह सवा ४ बजे काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगन्ज पठाइएको जिप्रका सोलुले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।