एजेन्सी– पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो युरोपका शिर्ष ५ फुटबल लिगमा ४ सय गोल गर्ने पहिलो खेलाडी बनेका छन्। इटालियन सिरिएमा गेनोआविरुद्धको खेलमा गोल गर्दै रोनाल्डोले उक्त किर्तिमान कायम गर्न सफल भएका हुन्।
_x000D__x000D_
सिरिएअन्तर्गत पछिल्ला १० खेलमा जुभेन्टसका तर्फबाट उनको यो पाँचौं गोल हो। यसअघि उनले इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडबाट खेल्दै ८४ तथा स्पेनिस लालिगामा रियल मड्रिडको जर्सीबाट ३ सय ११ गोल गरेका थिए।
_x000D__x000D_
जुभेन्टसका जोआओ क्यानसेलेको प्रहारलाई गेनोआका गोलरक्षकले विफल बनाएसँगै रिबाउन्ड बलमा रोनाल्डोले हेडमार्फत गोल गरेका थिए। तर, खेलको ६७ मिनेटमा गेनोवाका क्रिस्टियन कोवामीको क्रसमा डेनियल बेसाले हेडमार्फत नै बराबरी गोल फर्काए।
_x000D__x000D_
_x000D__x000D_
खेलमा सो पश्चात् कुनै गोल हुन सकेन। बराबरीसँगै जारी लिगमा जुभेन्टस पहिलो पटक पुरा अंक प्राप्त गर्नबाट चुकेको छ। यसअघि खेलेका ८ खेलमै उसले शतप्रतिशत जित निकालेको थियो।
_x000D__x000D_
सिरिएअन्तर्गत गएराति नै भएका अन्य खेलहरुमा स्पलले रोमालाई २–० र नापोलीले उडिनिजलाई ३–० ले पराजित गरेका छन्। लिगको अंकतालिकामा २५ अकंका साथमा जुभेन्टस शिर्ष स्थानमा छ भने ४ अंक कम जोडेको नापोली दोस्रो स्थानमा छ। एक खेल कम खेलेको इन्टर मिलानको १६ अंक छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।