एजेन्सी– जापानमा घुम्न आउने पर्यटकको संख्या ५ दशमलब ३ प्रतिशतले घटेको छ। जापानको राष्ट्रिय पर्यटन बोर्डले प्रकाशित गरेको तथ्याङ्कअनुसार यस वर्ष जापान घुम्न आउने पर्यटकको संख्या गत ६ वर्षयताकै सबैभन्दा कम हो।
_x000D__x000D_
बोर्डले यसै साताको अन्त्यमा प्रकाशित गरेको तथ्याङ्कअनुसार गतवर्ष यो अवधिमा २ दशमलब २८ मिलियन पर्यटक जापान घुम्न आएकोमा यो वर्ष जम्मा २ दशमलब १६ मिलियन पर्यटक मात्र आएको एसिया टाइम्सले लेखेको छ।
_x000D__x000D_
यसअघि सन् २०१३ मा जापान घुम्न आउने पर्यटकको संख्यामा कमी आएको आएको थियो। सोपश्चात्का वर्षहरुमा क्रमिक रुपमा बढेको पर्यटकको संख्या यो वर्ष जापानमा आएको प्राकृतिक विपत्तिका कारण घटेको हुनसक्ने अनुमान गरिएको छ।
_x000D__x000D_
एसिया टाइम्सले जापानको मन्त्रिपरिषद्का मुख्य सचिव योसिहिदे सुगालाई उदृत गर्दै बताएअनुसार दक्षिण कोरिया, चीन, हङकङ र ताइवानलगायतका देशबाट जापान आउने पर्यटकको संख्या घटेको छ।
_x000D__x000D_
पर्यटन आवागमनको यो गिरावटलाई सबैले अस्थायी भने पनि जापान पर्यटन एजेन्सीका प्रमुखले हाल देखिएको प्रभावलाई अस्थायी रुपमा नलिन चेतावनी दिएका छन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।