पेरिस–युइएफए नेसन्स कपमा विश्वविजेता फ्रान्सले जर्मनीलाई पराजित गरेको छ। मंगलबार राति भएको खेलमा फ्रान्सले जर्मनीलाई २–१ गोलले हराएको हो।
_x000D__x000D_
खेलमा अग्रता भने जर्मनीले लिएको थियो। खेलको १४ मिनेटमा टोनी क्रुसले पेनाल्टीमार्फत गोल गर्दै जर्मनीलाई अग्रता दिलाए। पहिलो हाफमा १–० गोलले पछि परेको फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै २ गोल गर्यो। फ्रान्सका लागि दुवै गोल एन्टोनी ग्रिजम्यानले गरे। स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका फरवार्ड ग्रिजम्यानले खेलको ६२ र ८० मिनेटमा गोल गरे। ग्रिजम्यानले पछिल्लो गोल भने पेनाल्टीबाट गरेका थिए।
_x000D__x000D_
समूह ए–१ को खेलमा जर्मनीको यो दोस्रो हार हो। शीर्ष स्थानको फ्रान्सले ३ खेलबाट ७ अंक छ। दोस्रो स्थानको नेदरल्यान्ड्सको ३ अंक छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।