काठमाडाैं– दसैंका बेला गाडीको अभाव नहोस् भनेर नेपाल प्रहरीले बुधबारदेखि निःशुल्क बस सेवा सञ्चालन गरेको छ। प्रहरीले अष्टमी, नवमी र दशमी अर्थात दसैँको टीकाको दिन निःशुल्क बस चलाउने छ।
_x000D__x000D_
प्रहरीले बस सञ्चालनका लागि काठमाडौँ उपत्यकाभित्रका ३ वटा रुट तोकेको छ। प्रहरीले कलंकीबाट एकान्तकुना, पुल्चोक, माइतीघर हुँदै पुतलीसडक, रत्नपार्कसम्म गाडी चलाउने छ। यो बसले रत्नपार्कबाट त्रिपुरेश्वर, कालीमाटी, कलंकी हुँदै सोही रुटमा परिक्रमा गर्नेछ।
_x000D__x000D_
यसैगरी दोस्रो रुटमा कोटेश्वरबाट सहिदगेट हुँदै महाराजगञ्ज नारायणगोपाल चोक, गौशाला, मैतीदेवी परिक्रमा गर्नेछ।
_x000D__x000D_
तेस्रो रुट नयाँ बसपार्कबाट चाबहिल, नक्साल, लैनचौर, सोह्रखुट्टे,नयाँ बजार, बालाजु चोक हुँदै बसपार्क पुग्नेछ। चक्रपथको बाहिरी र भित्री दुवै स्थानका सर्वसाधारणको लागि सहज होस् भन्ने हिसाबले रुट तय गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।