दसैं सामान्यतया किसानहरुले मनाउने चाड हो। किनभने खेतीपाती स्याहार्ने बेला भइसकेको हुन्न। किसानहरु बढीभन्दा बढी फुर्सदमा हुन्छन्। प्रायःको घरमा गाइभैंसी दुहुना हुन्छन्।
_x000D__x000D_
प्राकृतिक रुपले पनि असोज महिना निकै रमणीय हुन्छ। जाडो सुरु भएको पनि हुन्न। गर्मीले छाडेको पनि हुन्न।
_x000D__x000D_
फुर्सदको बेलामा स्वेदश तथा विदेशमा भएका आफन्तहरु भेटघाट हुने चाड पनि हो, दसैं।
_x000D__x000D_
तर, अहिले यसको प्रकृति फेरियो। आजकाल दसैंमा सामन्तवादका गन्ध आउन थालेको छ।
_x000D__x000D_
देउताको नाममा अत्यधिक रुपमा बली दिनेजस्ता विकृति प्रचलनमा छ। यो पहिलेदेखि चल्दै आएको विकृति हो। म यो विकृतिको पक्षमा छैन। देउताको थानमा पञ्चबली दिन म कहिल्यै गइनँ। हाम्रो घरमा आमाबुवा पुरानै प्रचलन मान्ने मान्छेले पनि पञ्चबली दिनेजस्ता काम गर्नु भएन।
_x000D__x000D_
पञ्चायत कालमा लामो समय भूमिगत बसें। अरुबेला घरतिरको खासै वास्ता हुँदैनथ्यो। तर, जब असोज लाग्न थाल्थो; घरको खुबै सम्झना आउँथ्यो। घरतिर फर्कन मन लाग्थ्यो। लुकिछिपी भए पनि घरै जाउँ भन्ने लाग्न थाल्थ्यो। म जान्थें पनि।
_x000D__x000D_
यो दसैं लागेपछि अचम्म हुन्थ्यो। अरु एघार महिना खासै वास्ता हुँदैनथ्यो तर असोज लागेपछि खुब चुरोट पिउन मन लाग्थ्यो। अनि असोज एक महिना बेस्सरी चुरोट खान्थें। धेरै पहिले, बैंशको कुरा हो यो। अहिले त लामो समय भइसक्यो, चुरोट खान छाडेको।
_x000D__x000D_
मैले भन्न खोजेको, दसैं आएपछि औधी खुसी लाग्थ्यो।
_x000D__x000D_
तर अहिले त गाउँमै कोही छैन। रित्तो जस्तो लाग्छ। आफ्ना कतिपय सहपाठीहरु बितिसके। नयाँ पिँढीहरु कोही अमेरिका, कोही बेलायत कोही जापानमा छन्। त्यसैले गाउँमा गएर भेट्ने र कुराकानी गर्ने मान्छे पनि छैनन्।
_x000D__x000D_
दसैंको प्राकृतिक वातावरण त उस्तै छ। आफू खेलेको वन, पाखो, पखेरो सबै उस्तै छन्। त्यही हिसाबले चाहिँ गाउँ फर्कन मन लाग्छ। तर, मानिसहरुसँगको सम्पर्कचाहिँ लगभग सबै टुटिसक्यो। आफ्ना आफन्तहरु भेट्न त युरोप वा अमेरिकातिर जानुपर्ने अवस्था छ। म बसेको खेलेको ठाउँमा चाहिँ कोही पनि छैनन्।
_x000D__x000D_
दसैंमा गाउँ नगएको पाँच–सात वर्ष भइसक्यो।
_x000D__x000D_
आजकाल तराईमा पनि मेरो बसोबास छ। तर, दसैं आएपछि जहाँ जन्मेको, जहाँ खेलेको उहीँ जान मन लाग्छ। त्यही ठाउँको न्यास्रो मेट्न मन लाग्छ।
_x000D__x000D_
अहिले त आफन्तहरु पनि यतै काठमाडौंमै भेटघाट हुन्छ। यसपालि पनि यतै दसैं मनाऔं भनिरहेका छन्।
_x000D__x000D_
काठमाडौंमा दसैं मनाउँदा भाइहरु, भाइका छोरा नातीहरु र आफ्ना परिवारहरु जम्मा भएर मनाइन्छ।
_x000D__x000D_
अरुले दसैंको नाममा रक्सी र मासुको छेलोखेलो गर्छन्। कतिपयको त त्यही खाएर अस्पतालतिर दौडधुप गर्नुपर्छ। मेरो आफन्तहरुमा पनि यस्तो प्रवृत्ति देखेको छु। मेरोमा त्यस्तो हुन्न।
_x000D__x000D_
आजकाल म शाकाहारी भएको छु। शाकाहारी भएको १८ वर्ष पुग्यो। त्यसैले दसैं आए पनि मेरोमा उतिसाह्रो तडकभडक हुँदैन। परिवारका अन्य सदस्यले पनि मासुका लागि त्यति बल गर्दैनन्। त्यसैले खानपिनमा विशेष भन्ने केही हुँदैन। अघिपछि जे पकाइन्छ, त्यही नै हो।
_x000D__x000D_
बुवाआमा जीवितै हुँदा मैले उहाँहरुको हातबाट टीका लगाउँथे। मावल पनि जान्थें। ससुराली पनि जान्थें। उहाँहरु सबै बितेपछि मैले मान्ने कोही ठूला मान्छे छन् भने लाउँछु। तर खोज्दै गएर भने टीका लगाउँदिनँ।
_x000D__x000D_
मकहाँ भने भाइहरु आउँछन्, छोराछोरी आउँछन्, भाञ्जाहरु आउँछन्। उनीहरुलाई टीका लगाइदिन्छु।
_x000D__x000D_
दक्षिणामा भने अत्यन्त थोरै खर्च हुन्छ। कुनै पनि चाडबाडमा पैसाको प्रदर्शन म गर्दै गर्दिनँ। भाञ्जीहरु, दिदीबहिनीहरु आउँदा एकदुई सय त दिनै पर्यो।
_x000D__x000D_
मलाई तास खेल्नै आउँदैन। त्यसैले यसबारे चर्चा गर्नै परेन।
_x000D__x000D_
फुर्सद भएसम्म पुस्तक पढ्ने विचार छ। विशेषगरी अहिले चर्चामा आएको हरिबहादुर थापाको भ्रष्टाचारसम्बन्धी पुस्तक ‘रजगज’ खोज्न लगाएको छु। यसपालि दसैंमा भ्याएसम्म त्यो पुस्तक पढ्ने छु।
_x000D__x000D_
दसैंको कुरा चल्दा मलाई केटाकेटीमा लट्ठे पिङ खेल्दा लडेको सम्झना आउँछ। यो पिङ रुखमा डोरी बाँधेर बनाइन्छ। म करिब १० वर्षको थिएँ। एकजना छिमेकी थिए। उनी मभन्दा अलि ठूला। पिङमा मैले उनीसित दोहोरा खेल्न खोजें। उनले पिङलाई बेस्सरी मच्चाए। त्यसैक्रममा म उछिट्टिएँ। जमिनमा पछारिएँ। टाउकोमा चोट लाग्यो। बुवाले के–के झारको झोल टाउकोमा दलिदिएको अझै पनि सम्झनामा आउँछ।
_x000D__x000D_
पछि पनि त्यस्तो पिङ खेलें। तर, त्यो लडेको घटना भने मैले बिर्सिन सकेको छैन।
_x000D__x000D_
(कुराकानीमाआधारित)
_x000D__x000D_
http://nepallive.com/news-details/2440/2017-09-28
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।