रूखमुनि
_x000D_रूखकै मात्र छाया नहुन सक्छ
_x000D__x000D_
जवानी चुलबुलिएर लहरिने
_x000D_पातको मात्र अस्तित्व
_x000D_नहुन सक्छ
_x000D__x000D_
रूखमुनि त
_x000D_सिन्कासिन्का जोडेर हाँगामा पृथ्वी बसाउने
_x000D_न्याउलीको पनि छाया हुन सक्छ
_x000D_टोड्काभित्र लुकेर भूमिगत
_x000D_पृथ्वी चिहाउने लाटकोसेरोको चुच्चो हुन सक्छ
_x000D__x000D_
अनि जटाजस्ता लामालामा लहरा
_x000D_सर्पझैं हिडेको देखिन सक्छ रूखमुनि
_x000D_नआत्तिहाल्नु!
_x000D_आखिर यी सबै छाया न हुन्
_x000D_
_x000D_तर कहिलेचाहिँ
_x000D_भागेर जीवनदेखि
_x000D_सदा विश्राम लिन भनी
_x000D_हाँगामा झुण्डिरहेको कुनै
_x000D_आकृति भेटिन सक्छ रूखमुनि ।
_x000D_००
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।