काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीले श्रीपेच र मुकुटले शक्ति र पदको प्रदर्शन गरेको बताए।
_x000D__x000D_
शाहवंशीय श्रीपेचको सर्वसाधारणलाई अवलोकनका लागि खुल्ला गर्ने कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले राजाहरुले श्रीपेचलाई शक्तिको प्रतीकको रुपमा लिने गरेको बताएका हुन्।
_x000D__x000D_
उनले श्रीपेचजस्तै पूर्वराजाहरुले आफूलाई पनि शक्ति केन्द्रकै रुपमा राखेर हेर्ने गरेको स्मरण गरे।
_x000D__x000D_
आज नारायणहिटी दरबार संग्रहालयमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीपेचलाई सर्वसाधारणलाई पनि अवलोकनका लागि खुला गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।