काठमाडौं– नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डप्याराग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक पाराग्लाइडिङ विश्वकप हुने भएको छ।
_x000D__x000D_
हालै इन्डोनेसियामा सम्पन्न १८ औं एसियन गेम्समा नेपालको लागि एक मात्र रजत पदक दिलाउन सफल खेल प्याराग्लाइडिङको पहिलो पटक प्रथम नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप २०१८ आयोजना गर्न लागेको संघका महासचिव तथा प्रतियोगिता संयोजक शैलेन्द्र राउतले बताए।
_x000D__x000D_
स्याङ्जाको स्वरेक महापुर मैदान र डौंवफाँटमा हुने प्रतियोगिता कात्तिक १५ देखि १९ सम्म हुनेछ। उक्त मैदान प्याराग्लाइडिङको ट्रेनिङ सेन्टरको रुपमा समेत विकास गरिरहेको संघले जनाएको छ। यसअघि पनि नेपालले यसै स्थानमा एक्युरेसीको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरि सकेको छ।
_x000D__x000D_
पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरि ४ स्वर्णका लागि हुने प्रतियोगितामा नेपाल सहित क्यानडा, फ्रान्स, टर्की, ब्रिटेन, जापान, कोरिया, साउदी अरेबिया, सिंगापुर, इन्डोनेसिया, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान र इरानको प्रतिस्पर्धा रहने महासचिव राउतले बताए। नेपाल भ्रमण बर्ष २०२० मा हवाइ साहसिक पर्यटकको संख्यामा वृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक राउतले बताए।
_x000D__x000D_
टिम प्रतिस्पर्धामा प्रत्येक समूहमा पुरुष तर्फ ५ र महिला तर्फ ३ खेलाडीहरुको समूह हुनेछ । प्रतियोगितामा प्रत्येक समूह तथा ब्यक्तिले ६ चरणको प्रतिस्पर्धा गर्नु पर्ने छ। ६ चरणको अंकलाई जोडेर पहिलो, दोश्रो तथा तेश्रोको घोषणा गरिने छ। एक्युरेसीमा टार्गेट क्षेत्र ५ मिटरको रेडियसमा हुने छ भने यसको एक्युरेसी स्वचालित मापन यन्त्र २२ से.मि.को हुने आयोजकले जनाएका छन्।
_x000D__x000D_
नेपालले क्रस कन्ट्रिमा आफुलाई उत्कृष्ट स्थानमा राख्दै आएको छ। १८ औं एशियाली खेलकुदमा नेपालले पदक हात पार्नु अगाडी पनि २०१८ मा मित्र राष्ट्र चीनको हेनान प्रान्तको लिनझाउमा भएको चाईना लिनझाउ पाराग्लाईडिङ्ग प्रि – बिश्व कपमा नेपालका विशाल थापाले नेपालका लागि कास्य पदक दिलाउन सफल भएका थिए । यसका साथै इन्डोनेशियामा भएको प्रतियोगितामा टिम क्रस कन्ट्रिमा पहिलो स्थान र चीनमा भएको प्रतियोगितामा दोश्रो स्थान हात पार्न सफल भई सकेको संघले जनाएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।