बागलुङ : नेपाल भलिबल सङ्घद्वारा बागलुङको गलकोटमा आयोजित २२ औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ।
_x000D__x000D_
आज भएको फाइलन खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले उपाधि जितेको हो। पुलिसका विरुद्ध २५–१७, २५–१३ र २५–२३ को अन्तरमा एपिएफले जित निकालेको थियो। यसअघि बुटवलमा भएको उन्नाइसौँ, इटहरीमा भएको बिसौँ र पोखरामा भएको एक्काइसौं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि पनि एपिएफले नै कब्जा गरेको थियो।
_x000D__x000D_
विजेता एपिएफले उपाधिसहित रु ५० हजार प्राप्त गरेको छ । उपविजेता पुलिसले रु ३० हजारसहित ट्रफी प्राप्त गर्य । प्रतियोगितामा प्रदेश नं. ५ लाई ३–० को सोझो सेटमा हराउँदै त्रिभुवन आर्मी क्लबले तेस्रो स्थान प्राप्त गर्दै रु २० हजार प्राप्त गरेको छ।
_x000D__x000D_
विजयी टोलीलाई गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गेरै लगायतले पुरस्कार वितरण गरे। पाँच दिनसम्म चलेको प्रतियोगितामा तीन विभागीय र छ प्रदेश टोली गरी नौ टोलीको सहभागिता थियो।
_x000D__x000D_
प्रतियोगिताबाट उत्कृष्ट १८ र वैकल्पिक छ गरी २४ खेलाडी छनोट भएका छन्। छनोट भएका खेलाडीलाई राष्ट्रिय टोली तयारीका लागि बन्द प्रशिक्षणमा राखिने नेपाल भलिबल सङ्घका वरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।