काठमाडौं– आगामी कात्तिक दोस्रो साता हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने ३ जना खेलाडीले सुजुकी जिक्सर मोटरबाइक पाउने भएका छन्।
_x000D__x000D_
पिपिएलको आयोजक क्विन्स इभेन्ट्स प्रा. लिका अनुसार म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई १५५ सिसीको सुजुकी जिक्सर बाइक प्रदान गरिनेछ । नेपाली क्रिकेट इतिहासमा एकै प्रतियोगितामा पुरस्कार बापत ३ वटा बाइक प्रदान गर्न लागिएको यो पहिलो पटक हो।
_x000D__x000D_
उत्कृष्ट खेलाडीहरुलाई प्रदान गरिने उक्त बाइक भिजी अटोमोबाइल्स प्रा.लिले उपलब्ध गराउन लागेको हो। सुजुकी मोटर्सको आधिकारीक आयतकर्ता तथा वितरक भिजी अटोमोबाइल्स र पिपिएलबीच उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई १५५ सिसीको सुजुकी जिक्सर मोटरबाइक उपलब्ध गराउने सम्झौता भएको छ ।
_x000D__x000D_
सम्झौतामा क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र भिजी अटोमोबाइल्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले हस्ताक्षर गरेका छन्। 'यस पुरस्कारले खेलाडीमा उत्साह बढ्ने तथा पिपिएल थप रोमाञ्चक हुने हामीले अपेक्षा गरेका छौ, ' लामाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।
_x000D__x000D_
पोखरामा आगामी कात्तिक ९ देखि २० गतेसम्म हुने पिपिएलमा ६ टिमको सहभागिता हुनेछ। प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स्, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौं रोयल्सले प्रतिस्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।