काठमाडौं– मानव अधिकारकर्मीहरुले बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न सरकार असफल भएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
_x000D__x000D_
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारको मूलगेट अगाडि धर्ना दिन पुगेका उनीहरुले निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गरी कारबाही गर्न नसकेको भन्दै सरकार र नेपाल प्रहरीप्रति आक्रोश व्यक्त गरेका हुन्।
_x000D__x000D_
बलात्कारपछि हत्या गरिएकी बालिका पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न सरकार असफल भएपछि त्यसको विरोधमा प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिनु परेको मानव अधिकारकर्मी कपिलदेव श्रेष्ठले जानकारी दिए। उनले दैनिकरुपमा बढ्दै गएको हत्या, हिंसा, बलात्कार लगायतका घटना नियन्त्रण गर्न नसक्ने सरकारले शान्ति सुरक्षाको उचित प्रबन्ध गर्न नसक्ने भन्दै आक्रोश पनि व्यक्त गरे।
_x000D__x000D_
गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी बालिका पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेकोमा सरकारको चौतर्फी आलोचना भइरहेको छ। मानव अधिकारवादी संघ, संगठनहरुले निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन बम दिदीबहिनीलाई अनुसन्धानको दायरामा ल्याउन पनि सरकारलाई आग्रह गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।