धनगढी- रोजगारका लागि भारत गएका सुदूरपश्चिमका चार वटा स्थानीय तहका दुई सय नौ जना जना हराएको तथ्यांक सार्वजनिक भएको छ।
_x000D__x000D_
निड्स नेपालले कञ्चनपुरको पुनर्वास नगरपालिका र महाकाली नगरपालिका तथा डोटीको शिखर नगरपालिका र केआईसिंह गाउँपालिकाको वडा नम्बर ६ र ७ मा गरेको भारतमुखी श्रम आप्रवासनको अवस्था अध्ययन अनुसार दुई सय नौ जना भारतमा हराएका छन्। निड्स नेपालका सहकार्यकारी निर्देशक प्रकाशचन्द्र मडैका अनुसार शिखर नगरपालिकाबाट एक सय, पुनर्वास नगरपालिकाबाट ३७, महाकाली नगरपालिकाका ५४ र केआईसिंह गाउँपालिकाको वडा नम्बर ६ र ७ का १८ जना हराइरहेका छन्। हराएका मध्ये ६६ जनाका परिवारले आफ्नो मान्छे भारतको कुन ठाउँबाट हराएको हो भन्ने समेत थाहा पाएका छैनन्।
_x000D__x000D_
सहकार्यकारी निर्देशक मडैले ३६ जना उत्तराखण्ड, ३३ जना दिल्ली, २२ जना पञ्जाव, २२ जना मुम्बई, १७ जना गुजरात/राजस्थान, १३ जना उत्तरप्रदेशबाट हराएको बताए।
_x000D__x000D_
अध्ययनका अनुसार हराएका मध्ये ३२ जनाको परिवारले खोजीका लागि पहल समेत गर्न सकेनन्। एक सय ७७ जनाका परिवारले भारत गएर त्यहाँका साथी र संस्थाहरूको पहलमा खोज्ने प्रयास गरेका थिए। तर, नेपाल सरकारको तर्फबाट खोजीका लागि कुनै पहल हुन नसकेको मडैले बताए। तीमध्ये एक सय ५५ जनाको परिवारले फर्किने आशा मारिसकेका छन् भने ५४ जनाका परिवार फर्किने आसमा छन्।
_x000D__x000D_
भारतमा हराउने मध्ये ७४ अल्कोहलिक भएको कारणले हराएको हुन सक्ने परिवारका सदस्यले अनुमान गरेका छन्। ४९ जना मानसिक समस्याका कारणले हराएको परिवारका सदस्यले बताएका छन्। ४३ जनाका परिवारले 'भगवान्'का कारण हराएको बताएका छन् भने ४३ जनाले कारण नै थाहा पाउन सकेका छैनन्।
_x000D__x000D_
बाटैमा ९२ जना लुटिए
_x000D_गत २७ महिनामा भारतमबाट काम गरेर गड्डाचौकी हुँदै फर्किरहेका ९२ जना नेपालीहरू बाटोमै लुटिएका छन्।
_x000D__x000D_
निड्सको अध्ययनअनुसार महेन्द्रनगरमा ६ र ब्रह्मदेवका ५ जना गरी ११ नेपाल पुगिसकेपछि पनि लुटिएका छन्। सबैभन्दा धेरै भारतको वनबासामा २६ जना, हल्द्वानीमा १३ जना लुटिएका छन्। भारतको बरेली, गढवाल, आनन्द विहार लगायतका विभिन्न स्थानमा लुटिने गरेको तथ्यांक छ।
_x000D__x000D_
अध्ययन अनुसार लठ्याउने औषधि खुवाएर ४१ जनालाई लुटिएको छ। ४१ जनाको सामान बाटोमा चोरी भएको थियो। ५ जनालाई त्रास देखाएर, ४ जनालाई कुटपिट गरेर लुटिएको छ भने एक जना सीमानामा धम्क्याएर लुटिएका थिए।
_x000D__x000D_
त्यसैगरी, सँगै यात्रा गरिरहेको यात्रीले ६५ जनालाई, घटनास्थलका स्थानीय समुदायले २४ जनालाई, दलाल तथा बसका कर्मचारीले ३ जनालाई लुटेको तथ्यांकले देखाएको छ।
_x000D__x000D_
१० हजार रुपैयाँभन्दा कम कमाएर घर फर्किदा लुटिने सबैभन्दा धेरै ३५ जना छन्। २८ जनाले १० देखि २० हजार, १५ जनाले २० देखि ३० हजार, नौ जनाले ३० देखि ४० हजार, एक जनाले ४० देखि ५० र चार जनाले ५० हजार रुपैयाँभन्दा बढी कमाएर फर्किरहेको बेला लुटिएको तथ्यांकले देखाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।