ad

गायक सुराच प्रसाईको ‘यो दशैं यो तिहार’मा सम्पदाको अभिनय (भिडियो)

नेपाल लाइभ

Nepal Live

काठमाडौं– गायक सुराच प्रसाईको ‘यो दसैं यो तिहार’ बोलको गीत सार्वजनिक भएको छ। बडा दसैं तथा दीपावलीको पूर्वसन्ध्याको अवसर पारेर गायक प्रसाईले नयाँ गीत सार्वजनिक गरेका हुन्। 

दसैं तिहारमा घर आउन नपाउँदा परदेशमा रहेका नेपालीको मनमा रहेका भावनाको प्रतिनित्व गर्दै गायक प्रसाईले नयाँ गीत बजारमा ल्याएको जानकारी गराए। प्रसाईकै शब्द संगीत रहेको गीतको भिडियोलाई बिभोर पाखेरेलले निर्देशन गरेका छन् भने भिडियोमा मोडल सम्पदा बानियाको अभियन छ। 

दसैं नजिकिदै जादा सार्वजनिक गरिएको यस भिडियोले सम्पूर्ण नेपालीको मन जित्नेमा गायक प्रसाई विश्वस्त छन्। रोजगारी, अध्ययन र पिआएर लिएर लाखौं नेपाली देश तथा विदेशमा बसोबास गर्दै आएकाले उनीहरुको मनमा यो गीत बस्न सक्ने प्रसाईको बुझाई छ।

भिडियाेः

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने