काठमाडौं– भूकम्पले क्षति पुर्याएको महान्यायाधिवक्ताको कार्यालय भवनको बुधबार शिलान्यास गरिएको छ।
_x000D__x000D_
महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले काठमाडौंको रामशाहपथमा एक कार्यक्रमका बीच सो भवनको वैदिक विधिअनुसार शिलान्यास गरेका हुन्।
_x000D__x000D_
भूकम्पबाट पूरानो भवन चर्किएपछि सोही ठाउँमा नयाँ भवन निर्माण गर्न लागिएको हो। करिब ८ रोपनी क्षेत्रफल जग्गामा निर्माण गर्न लागिएको सो भवन ८ तलाको हुनेछ। २ वर्ष ६ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो भवन निर्माणको जिम्मेवारी शर्मा÷समानान्तर जेभीलाई दिइएको छ। भवन निर्माणका लागि ९४ करोड ६६ लाख ७७ हजार ४ सय रुपैयाँ लागत अनुमान गरिएको छ।
_x000D__x000D_
_x000D__x000D_
भवन तोकिएको समयमै निर्माण सम्पन्न हुने महान्यायाधिवक्ता खरेलले विश्वास व्यक्त गरे। उनले भवनको गुणस्तरियता कायम गर्न ठेकेदार कम्पनीलाई सचेत समेत गराए।
_x000D__x000D_
कार्यालयमा कामको चापलाई ध्यानमा राखेर भवनको नक्सा र डिजाइन तयार पारिएको छ। ८ तलाको मुख्य भवनसहित सुरक्षा र क्यान्टिनको समेत भवन निर्माण हुने महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।
_x000D__x000D_
भूकम्प गएको ३ वर्ष ६ महिनापछि भवन निर्माण सुरु गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।