कठमाडौं– तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालका कमलप्रसाद ज्ञवाली पक्राउ परेका छन्।
_x000D__x000D_
उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भारतबाट पक्राउ गरेको हो। टोलीले ज्ञवालीलाई नेपाल ल्याइसकेको महानगरिय प्रहरी अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए।
_x000D__x000D_
ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसुरमा दोषी ठहर गर्दै ३–३ वर्ष जेल र दुवैलाई ६ करोड २५ लाख गरी १२ करोड ५० लाख रुपैयाँ सजाय सुनाइएको थियो।
_x000D__x000D_
सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको पाइएपछि पुनरावेदन अदालत पाटनले २०७३ असोज ४ गते ज्ञवाली दम्पत्तीलाई दोषी ठहर गर्दै उक्त फैसला सुनाएको थियो।
_x000D__x000D_
कर्जा अपचलन गरेको पाइएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले ज्ञवाली दम्पत्तिविरुद्ध मुद्दा दायर गरेर अनुसन्धान अघि बढाएको थियो।
_x000D__x000D_
त्यसबेला देखि नै ज्ञवाली दम्पत्ति फरार भएका थिए।
_x000D__x000D_
मर्चेन्ट बैंकलाई क वर्गको बैंक बनाउन ज्ञवाली कै विशेष योगदान थियो।
_x000D__x000D_
उनी बैंकर संघको अध्यक्षको लागि एक पटक भिडेका थिए। तर उनको पक्ष मा १ मात्रै मत आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।