काठमाडौं– संघीय सरकारले सहरी विकास परियोजना कार्यान्वयनका लागि प्रदेश र स्थानीय सरकारलाई पनि सहकार्य गर्न आह्वान गरेको छ।
_x000D__x000D_
सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले सहरी विकास परियोजना कार्यान्वयनका लागि प्रदेश र स्थानीय सरकारालाई सहकार्य गर्न आह्वान गरेका हुन्।
_x000D__x000D_
बिहीबारदेखि देशका मुख्यमुख्य सहरहरु विराटनगर, बुटवल, वीरगन्जलगायतका क्षेत्रमा सञ्चालनमा ल्याइएको सहरी विकास परियोजना कार्यान्वयनसम्बन्धी अवधारणा सार्वजनिक गर्दै उनले सहरी विकास सम्बन्धी सो महत्वकांक्षी परियोजना संघीय सरकार एक्लैले कार्यान्वयन गर्न नसक्ने पनि स्पष्ट पारे।
_x000D__x000D_
एसियाली विकास बैंकले तयार पारेको सो परियोजनाको अवधारणा लागू गराउन आवश्यक सहयोग गर्न संघीय सरकारले निजी क्षेत्रका व्यवसायीहरुलाई पनि आग्रह गरेको छ। मन्त्री राईले निजी क्षेत्र र अन्तर्राष्ट्रिय समूदायको पनि सहभागितामा सो परियोजना अघि बढाउने योजना अघि सारे।
_x000D__x000D_
परियोजनामा देशका मुख्यमुख्य सहरलाई स्मार्ट सिटीको रुपमा अघि बढाउने योजना समावेस गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।