म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–७ हिलापोखरीका बासिन्दाले श्रमदान गरेर पदमार्ग निर्माण गरेका छन्।
_x000D__x000D_
हिलापोखरी टोल सुधार समितिको सक्रियतामा उनीहरूले धौलागिरि चक्रीय पदमार्गअन्तर्गत ७ नं वडामा पर्ने ताकमदेखि हिलापोखरी र खोरवाङ हुँदै ४ नं वडाको खारा जोड्ने गरी पदमार्ग निर्माण गरेका हुन्।
_x000D_
_x000D_उनासी घरधुरीले तीन दिनसम्म श्रमदान गरेर पाँच किलोमिटरभन्दा बढी पदमार्ग निर्माण गरेको समितिका अध्यक्ष रामजी मल्लले जानकारी दिए।
_x000D__x000D_
धवलागिरि चक्रीय पदमार्गको भ्रमणमा आउने पर्यटक र स्थानीयबासीको सुविधाका लागि पदमार्ग निर्माण गरिएको उनको भनाइ थियो।
_x000D_
_x000D_स्थानीयबासीले घाँसदाउरा र खेतीबाली लगाउन आवतजावत गर्ने परम्परागत घोडेटो बाटोलाई फराकिलो बनाउने, झाडी फाँडेर सरसफाई गर्ने, पहिरो पन्छाउने, सिँढी बनाउने गरिएको छ।
_x000D__x000D_
यसबाट खिवाङ, हिलापोखरी, मुदी, बगर, खारा, खाम्ला, बाँसबोट, चुचुङ, नाउराका बासिन्दालाई सुविधा पुगेको छ।
_x000D__x000D_
यो पदमार्ग धौलागिरि चक्रीय पदमार्गको ताकम, मुना, मुदी र बिम कल्लेनी बाँसबोट खण्डको विकल्प भएको हिलापोखरीका याम पुनले बताए।
_x000D__x000D_
अन्य दुईभन्दा यो नयाँ पदमार्ग छोटो छ। पर्यटकको चार समूह यही पदमार्ग भएर धवलागिरि आधार शिविरतर्फ गएका टोल सुधार समितिका अध्यक्ष मल्लले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।