राजविराज– सप्तरीमा चालू आर्थिक वर्षको दुई महिनाभित्रै गत आर्थिक वर्षको तुलनामा झन्डै डेढ गुणा बढी मुद्दा दर्ता भएको छ।
_x000D__x000D_
जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार सार्वजनिक गरेको मुद्दा दर्ताको तथ्यांक अनुसार चालू आर्थिक वर्षको साउन र भदौमा मात्रै १ सय १५ वटा मुद्दा दर्ता भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा कुल ८९ वटा मात्रै मुद्दा दर्ता भएका थिए।
_x000D__x000D_
साउन र भदौमा गर्भपतनको १, अपहरण तथा शरीर बन्धकका ३, बालविवाह र जबरजस्ती करणीको १, ज्यान मार्ने उद्योगका २, फुटकर ज्यानका १, भवितव्य ज्यानका १५, झुन्डिएर आत्महत्याका ६, विष सेवनका ५ र कुटपिट तथा अंगभंगको एउटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले बताए।
_x000D__x000D_
यसैगरी, सवारी ज्यान शिर्षकमा ४, सवारीबाट अंगभंगमा १, लागूऔषधमा ७, जबरजस्ती करणीमा ८, जवरजस्ती करणी उद्योगमा ५, चोरीमा २०, केही सार्वजनिक अपराधमा १३, नागरिकता किर्तेमा २, शान्ति विरुद्धको कसुरमा १२, बहुविवाहमा ६, सरकारी छाप किर्तेमा १ र जुवा ऐन अन्तर्गत एउटा मुद्दा दर्ता भएको छ।
_x000D__x000D_
विगत वर्षहरुमा मिलापत्रमा टुंग्याइने गरेका कतिपय मुद्दालाई पनि चालू आर्थिक वर्षमा पुनः मुद्दा दर्ता गरी कारबाही गर्ने गरिएकाले मुद्दाको संख्या अत्याधिक देखिएको उनको भनाइ छ। ‘कतिपय घटनाहरु जिल्ला प्रहरी कार्यालयमै पनि मिलापत्र गराएर पठाउने गरिन्थ्यो’, रिमालले भने, ‘तर, अहिले कानुनले कारबाही गर्न निर्देशित गरेका हकमा मुद्दा दर्ता भएर प्रकृयामा जान्छन्।’
_x000D__x000D_
कानुनले मिलापत्र गर्नु भनेका घटना बाहेकका अवस्थामा मुद्दा दर्ता गर्न सुरु गरेपछि जिल्ला प्रहरी कार्यालयमा सेवाग्राहीको भिड पनि नियन्त्रण भएको रिमालले बताए।
_x000D__x000D_
सामाजिक परिवेस, डरत्रास र लोकलाजका कारण गाउँ–समाजमै दबाइने गरेका घटनाहरु चेतनाको स्तर बढ्दै जाँदा प्रहरीसम्म आइपुग्न थालेकाले पनि संख्यामा वृद्धि भएको उनको भनाइ छ। ‘अघिल्ला वर्षहरुमा घटनानै नभएको र यस वर्ष बढेको भन्ने होइन’, उनी भन्छन्, ‘समाजमा दबेर बसेका घटना सार्वजनिक हुन थालेका छन्। न्याय खोज्न आउनेको संख्या चाहीं बढेको हो।’
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।