काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौंले रु १ लाख ४० हजार लुटेर फरार दुई जनालाई पक्राउ गरेको छ।
_x000D__x000D_
परिसरको टोलीले साेमबार काठमाडौँ महानगरपालिका–१३ कालिमाटी बस्ने भारतका १६ वर्षीय श्यामकुमार शाह र सिन्धुपाल्चोकका २० वर्षीय प्रेम श्रेष्ठलाई पक्राउ गरेको हो।
_x000D__x000D_
पक्राउ परेकासहित अरु चार जनाले आइतबार कलङ्कीका ३८ वर्षीय उमेशप्रसाद केशरीको कोठामा प्रहरी हौं भन्दै खानतलासी गर्ने निहुँले रकम चोरी गरेर फरार भएका थिए।
_x000D__x000D_
अन्य चार जनाको भने खोजी भइरहेको परिसरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।