काठमाडौं– सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकपको पहिलो चरणको छनोट प्रतियोगिताका लागि नेपालले १४ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको छ।
_x000D__x000D_
असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने प्रतियोगिताका लागि पारस खड्काको कप्तानीमा राष्ट्रिय टिम घोषणा गरिएको हो।
_x000D__x000D_
प्रारम्भिक टिममा परेका सुनील धमाल र सागर पुन वैकल्पिक खेलाडीमा धकेलिएका छन्। यस्तै दीपेश श्रेष्ठ र सहाब अलाम पनि अन्तिम टिममा पर्न सकेनन्। प्रदीप ऐरीले भने सिनियर टिममा स्थान पाएका छन्।
_x000D__x000D_
यसअघि मध्यक्रमक ब्याट्सम्यान रोहितकुमार पौडेल एसिसी यू–१९ एसिया कपका लागि नेपालको युवा टिमबाट प्रतिनिधित्व गर्न जाने भएकाले राष्ट्रिय टिममा परेका थिए।
_x000D__x000D_
नेपालले १० दिन अभ्यास गरेपछि राष्ट्रिय टिम घोषणा गरेको हो। नेपाली टिम सोमबार दिउँसो मलेसिया जाने कार्यक्रम छ।
_x000D__x000D_
पहिलो चरणको छनोटमा नेपालसहित ७ टिमले भाग लिँदैछन्। एसियाको पूर्वी राष्ट्रबीच हुने प्रतिस्पर्धामा नेपाल, सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। राउन्ड रोबिनको आधारमा हुने प्रतिस्पर्धाबाट ३ टिम दोस्रो चरणको छनोटमा छानिनेछन्।
_x000D__x000D_
यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट ३ टिमले दोस्रो चरणमा स्थान पक्का गरिसकेका छन्। एसिया पश्चिम क्षेत्रबाट यूएई, कतार र कुवेतले अन्तिम दोस्रो चरणमा स्थान बनाएका थिए। दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने ३ टिमसहित ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। तेस्रो चरणमा विश्वभरबाट छानिएका १४ टिमबीच प्रतिस्पर्धा हुनेछ। १४ मध्ये ६ टिम टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन्।
_x000D__x000D_
नेपाली टिम
_x000D_पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी
_x000D__x000D_
वैकल्पिक खेलाडी– सुनील धमला, सहाब अलाम, दीपेश श्रेष्ठ, सागर पुन
_x000D__x000D_
पहिलो चरणको छनोटमा नेपालको खेल
_x000D_असोज १७– नेपाल भर्सेस म्यानमार– किनरारा ओभल
_x000D_असोज २०– नेपाल भर्सेस मलेसिया– किनरारा ओभल
_x000D_असोज २१– नेपाल भर्सेस थाइल्यान्ड– किनरारा ओभल
_x000D_असोज २३ – नेपाल भर्सेस भुटान– बायुमास ओभल
_x000D_असोज २४– नेपाल भर्सेस चीन– किनरारा ओभल
_x000D_असोज २६– नेपाल भर्सेस सिंगापुर– किनरारा ओभल
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।