काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको दुई महिना नाघिसक्यो। तरपनि प्रहरी हत्याराको नजिक पुग्न सकेको छैन। बरु, पछिल्लो समय विकसित परिस्थितिलाई लेखाजोखा गर्दा घटना झनै रहस्यमय बन्दै गएको छ।
_x000D__x000D_
आरोपित भनि पक्राउ गरिएका दिलिपसिंह विष्टको डिएनए जाँच गर्दा निर्दोष ठहरिएसँगै उनी रिहा भए। सोपश्चात् स्थानीयको लगातारको प्रदर्शन र जनदबावपछि डिएनए परिक्षणको लागि घेरामा तानिए कञ्चनपुरका तत्कालीन एसपी डिल्लिराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्ट। तर कञ्चनपुरका डिएसपी कृष्ण ओझाका अनुसार शंकाष्पद रुपमा हेरिएका यी तिनै जनाको डिएनए परीक्षणको नतिजा निर्मलाको ‘भेजाइनल स्वाब’मा भेटाइएको हत्याराको शुक्रकिटको डिएनएसँग ‘म्याच’ खाएको छैन।
_x000D__x000D_
शंकाको घेराभित्र तानिएका व्यक्तिहरुको डिएनए मेल नखाएपछि अब अनुसान्धान कसरी अगाडि बढ्छ भन्नेमा प्रश्न उठ्न थालेको छ। अनुसन्धानमा खटिएका प्रहरीले नै गम्भीर त्रुटी गरेको भन्दै उच्चस्तरीय छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेको छ। अनुसन्धानका क्रममा गल्ती गरेको भनिएका व्यक्तिको डिएनए रिपोर्टका आधारमा प्रत्यक्ष रुपमा संलग्नता नदेखिएपछि अनुसन्धानको पाटो झनै पेचिलो बनको हो।
_x000D__x000D_
तर, नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापा क्षेत्री भने अन्य अनुसन्धानका अन्य पाटाहरु बाँकी रहेको र अनुसन्धान पनि भइरहेको बताउँछन्। ‘अनुसन्धानका पाटो डिएनए मात्रै छैन। अरु पनि छन्। जसका आधारमा हामीले अनुसन्धान पनि गरिरहेका छौं। प्रहरी प्रधान कार्यालयले महिला एसपी दुर्गा चन्दको नेतृत्वमा टोली पठाएको छ। त्यसले पनि आफ्नो ठाउँबाट अनुसन्धान गरिरहेको छ’, प्रवक्ता थापा क्षेत्रीले थपे, ‘सिआइबीका एसएसपी ठाकुर ज्ञवालीको कमााण्डमा गएको प्रहरी टोलले पनि अनुसन्धान गरिरहेकै छ। जिल्ला प्रहरीले पनि अनुसन्धान गरिरहेको छ। अहिले पनि संकास्पद व्यक्तिहरुलाई ल्याएर बयान लिने काम भइरहेको छ।’
_x000D__x000D_
प्रहरी स्रोतका अनुसार अहिले डिएनएको नतिजा आएका तीनै जनाको डिएनए मेल खाँदैन भन्नेमा प्रहरी प्रधान कार्यालय ढुक्क थियो। स्रोतले भन्यो, ‘तीन जनामध्ये एक जनासँग डिएनए मिल्छ भन्ने भएको भए डिएनए परीक्षण गरिसकेपछि अनुसन्धानमा प्रहरी खटाउनै पर्दैनथ्यो। त्यसमा ढुक्क भएर नै हामीले अनुसन्धानका लागि कञ्चनपुरमा थप प्रहरी टोली पठाएका हौं।’
_x000D__x000D_
अनुसन्धानमा खटिएको प्रहरी टोलीले अहिले सुक्ष्म रुपमा अध्ययन गरिरहेको प्रहरीले जनाएको छ। घटनास्थल नजिकै सेनाको २५ नम्बर बाहिनी छ। घटना भएको दिन ब्यारेकबाट बाहिर निस्किएका सेनाको लिस्ट मागेर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। तलिम प्राप्त व्यक्तिबाटै हत्या भएको हुनसक्ने भएकाले सेनातर्फ पनि अनुसन्धानको सुई घुमाइएको प्रहरीको भनाइ छ।
_x000D__x000D_
अब कोही व्यक्ति संकास्पद देखिएमा आरोप पुष्टि गर्न डिएनए चेक गर्नुको विकल्प नरहेको प्रहरी अधिकारी बताउँछन्। डिएनए नै जोगाएर राखिएकाले कसैको साविती बयानका आधारमा दोषी भन्न नमिल्ने भएकाले अनुसन्धानको बाटो झनै जटिल बनेको एक प्रहरी अधिकारीले बताए।
_x000D__x000D_
के भन्छन् एसपी विष्ट?
_x000D__x000D_
घटनाको प्रमाण लुकाउने काम गरेको, अनुसन्धानमा लापरबाही गरेकोलगायतका आरोप लागेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई जनदबाव थेग्न निलम्बन मात्रै गरिएन, उनको डिएनए परीक्षणसम्म गरियो। भलै उनी डिएनए परीक्षणमा निर्दोष देखिए।
_x000D__x000D_
डिएनए परीक्षणमा निर्दोष देखिएपछि नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‘अनुसन्धानमा असर पर्ला भनेर मैले अहिलेसम्म केही बोलेको छैन। बोल्न सक्ने अवस्था पनि थिएन। ढिलै भएपनि एक चरणको न्याय मिलेको छ। यो सब मेरो र छोराको करियर सक्न लगाइएको आरोप थियो। बिस्तारै सबै पुष्टि हुँदै जाला।’
_x000D__x000D_
उनले घटनामा आफ्नो छोराको संलग्नता रहेको भन्दै लगाइएको आरोप निराधार रहेको दाबी गरे। उनले अनुसन्धान तथा घटनापछि शान्तिसुरक्षा कायम गर्ने सवालमा आफ्नो गल्ती नभएको बताउँदै एसपी विष्टले भने, ‘गल्ती भएको भए अझै पनि कारबाही भोग्न तयार छु।’
_x000D__x000D_
किरण विष्टले बुझाए ओपेरा होटलमा खिचिएका फोटो
_x000D__x000D_
निर्मला पन्तको हत्या भएको दिन साउन १० गते एसपी विष्टका छोरा किरण विष्टको जन्मदिनको पार्टी ओपेरा होटलमा थियो। जहाँ बम दिदीबहिनीसहित निर्मला पनि गएको आरोप लाग्दै आएको छ। तर, कञ्चनपुरका डिएसपी कृष्ण ओझाले ओपेरा होटलमा भएका सबै कार्यक्रमका बारेमा अनुसन्धान भइरहेको तर अहिलेसम्म घटनासँग जोडिनसक्ने त्यस्तो कुनै पनि तथ्य फेला नपरेको स्पष्ट पारे।
_x000D__x000D_
बम दिदी बहिनीसहित निर्मला होटलमा आएको भन्ने कुरा पुष्टि नभएको डिएसपी ओझाको भनाइ छ। होटलमा भएको जन्मदिनको पार्टी र त्यहाँको गतिविधिका बारेमा पनि कञ्चनपुर प्रहरीले एसपी विष्टका छोरा किरण विष्टसँग सोधपुछ गरिसकेको जनाएको छ।
_x000D__x000D_
‘मोडल बनाइदिन्छु भन्दै एसपीका छोराले खिचेका १ सय वटाभन्दा बढी फोटोसहित सम्पूर्ण विवरण हामीलाई पेस गरेका छन्। होटलमा त्यस दिन भएका युवतीहरुको फोन नम्बर, खाजा खाँदा तिरेको बिल पनि पेस भएको छ’, डिएसपी ओझाले भने ‘ओपेरा होटलमा निर्मलाको बारेमा कुनै क्लु फेला परेको छैन।’
_x000D__x000D_
सोधपुछका क्रममा किरणले घटना हुँदाको दिन धनगढीबाट मोडल ल्याएको र फोटो सुट पनि स्वीकारे पनि निर्मलाको बारेमा आफूलाई कुनै जानकारी नभएको बताएका छन्।
_x000D__x000D_
एआइजी धिरु बस्न्यातको टोली घटनास्थल जाने तयारी
_x000D__x000D_
अनुसन्धानमा प्रहरीले गम्भीर लापरबाही भएको देखिएपछि प्रहरी प्रधान कार्यालयले एआइजी धिरु बस्न्यातको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले अनुसन्धानमा खटिएका प्रहरीलगायत अन्य प्रहरीसँग बयान लिइरहेको छ। केही प्रहरीको ‘पोलिग्राफ’ विवरण पनि समितिले लिएको छ। तर, ‘पोलिग्राफ रिपोर्ट’मा केही देखिएको छैन। घटनास्थलमा गएका प्रहरी र अनुसन्धानमा खटिएका प्रहरीको मोबाइल परीक्षण, कल डिटेललगायतका कुरा पनि जाँच गरिएको छ। त्यसमा कुनै तथ्य फेला परेको छैन।
_x000D__x000D_
समितिले केही तथ्य फेला नपारेपछि एआइजी बस्न्यातको टोली घटनास्थल कञ्चनपुरसमेत जानेबारे छलफल भएको स्रोतले जानकारी दियो। एक-दुई दिनमा अनुसन्धानमा खटिएका प्रहरीको बयान लिइसकेपछि कञ्चनपुर जाने कुरा भएको स्रोतले जानकारी दियो। जाने÷नजाने भन्नेबारे टुंगो भने लागिसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।