एजेन्सी– सिजनमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई भित्राएको इटालीयन च्याम्पियन युभेन्ट्सले सिरि एमा लगातार सातौं खेलमा जित हात पारेको छ।
_x000D__x000D_
युभेन्ट्सले सातौंमा उपाधिको प्रतिद्वन्द्वी नापोलीलाई ३–१ गोलअन्तरले पराजित गरेको हो। खेलमा अग्रता भने नापोलीले दशौं मिनेटमा मार्टिन्सको गोलबाट लिएको थियो। तर २६ मिनेटमा मारियो मान्जुकिकले बराबरी गोल फर्काउन सफल भए। ४९ मिनेटमा मान्जुकिकाले टिम तथा व्यक्तिगत दोस्रो गोल गरेपछि युभेन्ट्स २–१ ले अघि बढ्यो।
_x000D__x000D_
५८ मिनेटमा १० खेलाडीमा सीमित बन्यो। मारियो रुइ दोस्रो पहेँलो कार्ड पाउदै मैदान छाड्न बाध्य भए। त्यसपछि नापोलीमाथि हाबी भएको युभन्ट्सका लागि बुनुचीले ७६ मिनेटमा तेस्रो गोल गरे।
_x000D__x000D_
अन्य खेलमा रोमाले लाजियोलाई ३–१ र इन्टर मिलानले किग्लियारीलाई २–० ले हराएका छन्।
_x000D__x000D_
लिगमा शीर्ष स्थानको युभेन्ट्सले ७ खेलबाट २१ अंक जोडेको छ। दोस्रो स्थानको नापोली १५, तेस्रो स्थानको सासौलोको १३ र चौथो स्थानको इन्टर मिलानको पनि १३ अंक छ।
_x000D__x000D_
पिएसजी उत्कृष्ट लयमा
_x000D_यता फ्रान्स लिग वानमा साविक विजेता पिएसजीले लगातार आठौं जित हात पारेको छ। पिएसजीले शनिबार भएको खेलमा निसलाई ३–० ले पराजित गरेको हो। पिएसजीका लागि नेइमारले खेलको २२ र दोस्रो हाफको इन्जुरी मिनेटमा गरी २ गोल गरे। यस्तै ४६ मिनेटमा एनकुकुले पिएसजीका लागि गोल गरेका थिए। निसका साइप्रेन ५९ मिनेटमा दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए।
_x000D__x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।