काठमाडौं– एसिसी एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सुपर–४ को अन्तिम खेलमा पाकिस्तानलाई बंगलादेशले ३७ रनले हराएको छ। जितसँगै बंगलादेश फाइनलमा पुगेको छ।
_x000D__x000D_
बुधबार राति बंगलादेशले दिएको २ सय ४० रनको लक्ष्य पछ्याएको पाकिस्तानले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २ रन मात्र जोड्न सक्यो। पाकिस्तानका लागि इमाम उल हकले ८३ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन बटुल्न सकेनन्। पाकिस्तानलाई सस्तोमा रोक्ने क्रममा बंगलादेशका मुस्ताफिजुर रहमानले ४ विकेट लिए। मेहदी हसन मिराजले २ विकेट हात पारे।
_x000D__x000D_
_x000D__x000D_
त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेश ४८.५ ओभरमा २ सय ३९ रनमा अलआउट भयो। उसका लागि मुस्फिकर रहिमले ९९ रन जोडे। १ रनले शतक बनाउन चुक्नु अघि उनले १ सय १६ बलमा ९ चौका प्रहार गरे। मोहमद मिथुनको ६० रन पनि बंगलादेशका लागि महत्वपूर्ण रह्यो। बलिङमा पाकिस्तानका जुनइद खानले ४ विकेट लिए भने सहिम साह अफ्रिदी र हासन अलीले २–२ विकेट हात पारे।
_x000D__x000D_
भारत र बंगलादेशबीच शुक्रबार फाइनल हुनेछ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।