काठमाडौँ- इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत रोयल च्यालेन्जर बैंगलुरु र पञ्जाव किङ्सबीचको जारी खेल वर्षाले अवरुद्ध भएको छ। १० ओभरको खेल सकिएलगत्तै पानी पर्न थालेपछि खेल रोकिएको छ।
पानी परेपछि रेफ्रीले खेल रोक्ने निर्णय गरेका हुन्। अहिले मैदान खाली गरेर पिच छोपिएको छ। वर्षा रोकिएपछि खेल पुन सुरु गरिने बताइएको छ।
१० ओभर खेल सकिँदासम्म पहिलो ब्याटिङ गरेको बैंगलुरुले ३ विकेटको क्षतिमा ११९ रन बनाएको छ। पानी पर्नुअघि बैंगलुरुका ब्याटर रजत पाटिदारले २३ बलमा ५५ रन बनाए। आउट हुनुअघि उनले ६ छक्का र ३ चौका प्रहार गरे।
यस्तै विराट कोहली २३ बलमा ४४ रन बनाएर अविजित छन्। उनले २ छक्का र ४ चौका प्रहार गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।