जाकर्ता– दुई क्लबका समर्थकबीच भएको झडपमा परी एक समर्थको मृत्यु भएपछि इन्डोनेसियाको पहिलो श्रेणीको लिग स्थगित भएको छ। गत आइतबार पर्सिब बाङ्डुङका समर्थकले पेर्सिजा जार्कताका समर्थकलाई रंशगाला बाहिर कुटपिट गरेर हत्या गरेका थिए। झडपमा २३ वर्षीय हरिङ्गा सिर्लाको ज्यान गएको थियो।
_x000D__x000D_
उनलाई बाङडुङ सहरमा रहेका रंगशाला बाहिर कुटपिट गरिएको थियो। बुङडुङ सहर जाकर्ताबाट १ सय ५० किलोमिटर दक्षिणतर्फ पर्छ ।
_x000D__x000D_
इन्डोनेसिया फुटबल एसोसिएनका अध्यक्ष इडि राहमायादीले हत्याको छानविन थालिएको जाकर्ता पोस्टले लेखेको छ। छानविनका लागि दुई दर्जनलाई पक्राउ समेत गरिएको छ।
_x000D__x000D_
यता इन्डोनेसियाका युवा तथा खेलकुद मामिला मन्त्री इमाम नहरावीले २ साताका लागि लिगा वान स्थागित गरिएको बताएको जाकर्ता पोस्टले समाचार छापेको छ।
_x000D__x000D_
पर्सिजामा नेपालका आक्रामक मिडफिल्डर रोहित चन्द पनि आबद्ध छन्। लिगमा व्यस्त हुने भएपछि उनले आगामी सातादेखि सुरु हुने बंगबन्धु गोलकप नखेल्ने बताइएको थियो। तर लिग स्थगित भएपछि उनी नेपाली टिमबाट खेल्न बंगलादेश आउने सम्भावना बढेको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।