काठमाडौं- सूचना प्रविधि क्षेत्रमा वार्षिक ८५ हजारलाई रोजगारीका अवसर सिर्जना गर्न सकिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ।
_x000D__x000D_
सुचना प्रविधिक्षेत्रमा ठूलो संख्यामा रोजगारीका अवसर सिर्जना गर्न सकिने अवस्था रहेको मन्त्रालयको अध्ययनमा उल्लेख गरिएको छ। यस विषयमा विस्तृत अध्ययन गरी सुझाव पेस गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले यही श्रावण ९ गते श्रम मन्त्रालयका सह–सचिव प्रकाश दाहालको संयोजकत्वमा एक कार्यदल गठन गरेका थिए।
_x000D__x000D_
कार्यदलले सूचना प्रविधिका क्षेत्रमा रोजगारी सिर्जना गर्ने सम्बन्धमा हालका नीतिगत तथा संस्थागत व्यवस्थाको अध्ययन, रोजगारी सिर्जनामा रहेका मुख्य समस्या, रोजगारीको सम्भावित अवसर र रोजगारी सिर्जनाका लागि सुझाव समेटेर प्रतिवेदन मन्त्रालयमा बुझाएको छ।
_x000D__x000D_
हाल सूचना प्रविधि क्षेत्रमा करिब १४ हजार ५ सय जनाले रोजगारी पाइरहेका छन्। यो क्षेत्रका उल्लेखित समस्या समाधान भएमा थप ८५ हजारलाई रोजगारी सिर्जना गर्नसक्ने आँकडा प्रतिवदेनमा प्रस्तुत गरिएको छ।
_x000D__x000D_
प्रतिवेदन बुझदै मन्त्री विष्टले सूचना प्रविधिका क्षेत्रमा रोजगारीका धेरै अवसर सिर्जना गर्न सकिने बताए।
_x000D__x000D_
सरकारले देशभित्र विभिन्न क्षेत्रमा रोजगारीका अवसर सिर्जनाका लागि प्रतिबद्ध भई तयारी गरिरहेको सन्दर्भमा सूचना प्रविधि क्षेत्र प्राथमिकतामा राखिएको उनको भनाई छ। सूचना प्रविधिको क्षेत्र थप व्यवस्थित रोजगारी सिर्जनाका लागि यो प्रतिवेदनले सहयोग गर्ने मन्त्री विष्टको विश्वास छ।
_x000D__x000D_
सूचना प्रणाली व्यवस्थापन, डाटा प्रशोधन, कल सेन्टर, एनिमेसन प्रोसेसिङलगायतका कार्यहरु हाल सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख छ।
_x000D__x000D_
दक्ष जनशक्तिको पलायन, न्यून जनशक्तिको उपलब्धता, इन्टरनेटको असहजता, विद्युत आपूर्तिको अभाव, सूचना प्रविधिसँग सम्बन्धित वातावरणको अभाव हुनु जस्ता समस्याहरु रहेको प्रतिवेदनमा औंल्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।