सर्लाही– विषालु सर्पको डसाइबाट २ जना भारतीय नागरिकको मृत्यु भएको छ।
_x000D__x000D_
मृत्यु हुनेमा भारत सीतामढी जिल्लास्थित बथुवाराका १३ वर्षीया बेवी कुमारी र रेहुवाका ४० वर्षीया मोहनी देवी रहेका छन्। गोमन सर्पको डसाइबाट गम्भीर घाइते भएका दुबै जनाको सर्लाही अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
_x000D__x000D_
धाँमीझाँक्री कहाँ लगेर झारफुक गराएकाले समयमै उपचार नपाएपछि उनीहरुको मृत्यु भएको अस्पताल अकास्मिक कक्षका प्रमुख नथुनी महतोले जानकारी दिए।
_x000D__x000D_
सर्लाही अस्पतालमा अहिले दैनिक १० देखि १५ जनासम्म सर्पदंशका बिरामी आउने गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।