काठमाडौं- नेपाल आयल निगमले पेट्रोल र डिजेलको बिक्रीमा कोटा तोकेको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार शुक्रबारका लागि यस्तो कोटा कायम गरिएको हो।
_x000D__x000D_
अब प्रति मोटरसाइकलले ५ लिटर र चारपांग्रेले १५ लिटर पेट्रोल पाउनेछन्।
_x000D__x000D_
त्यस्तै, डिजेलको हकमा उपत्यका र उपत्यकाबाहिर जाने सवारीका लागि छुट्टाछुट्टै परिमाण कायम गरिएको छ। जसअनुसार काठमाडौं उपत्यकाका सवारीले प्रतिसवारी ५० लिटर र उपत्यकाबाहिर जाने सवारीले ७५ लिटर डिजेल पाउनेछन्।
_x000D__x000D_
पेट्रोलियमको आपूर्ति अभाव हुँदा पेट्रोल पम्पमा लाइन बढेपछि निगमले यस्तो कोटा लगाएको हो। निगमका प्रवक्ता गोइतले शुक्रबार २ बजेसम्म चार सय ५० किलोलिटर पेट्रोल र चार सय ४० किलोलिटर डिजेल वितरण गरिसकेको दाबी गरे। एक किलोलिटरमा हजार लिटर हुन्छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।