संविधान जारी भएको आज तीन वर्ष पूरा भइसकेको छ। यसबीचमा केन्द्र, प्रदेश र स्थानीय तीनै तहको निर्वाचन सम्पन्न भई नयाँ नेतृत्व आइसकेको छ। घोषणाको तीन वर्ष बितिसक्दा पनि खुलेर मधेसमा संविधान दिवसको उत्सव मनाउन नसक्नु प्रमुख राजनैतिक दलहरु विशेषतः सत्तासीन दलहरुको अकर्मण्यताको द्योतक हो।
_x000D__x000D_
सरकारले भव्यताका साथ संविधान दिवस मनाउन प्रदेश सरकारहरुलाई परिपत्र गरेको छ। अन्य प्रदेशहरुले मूल समारोह आयोजक समिति गठन गरिसक्दा प्रदेश नम्बर २ भने पर्ख र हेरको अवस्थामा छ। केन्द्रको निर्देशन ठाडै अस्वीकार गर्ने स्थिति नभएकाले औपचारिक कार्यक्रम नगरी वृक्षारोपण गरेर दिवस मनाउने तयारी प्रदेश सरकारको रहेको छ।
_x000D__x000D_
सत्ताको चास्नी र मधेसवादी दलहरु
_x000D_संविधानसभाबाट जारी भएको संविधानमा आफ्ना मागहरु समाविष्ट नभएको भन्दै कमवादी दलहरुको नेतृत्वमा मधेशमा आन्दोलन भयो । त्यही निहुँ बनाएर भारतले महिनौँ अमानवीय नाकाबन्दी पनि लगायो । तर बिना कुनै परिवर्तन, आन्दोलन त्यत्तिकै मत्थर भएर गयो। यसैबीचमा मुलुकमा निर्वाचन पनि भयो। निर्वाचनमा तत्कालीन नेकपा एमाले नेतृत्वको गठबन्धनले दुई तिहाइ बहुमत प्राप्त गर्यो। केपी ओली नेतृत्वमा संघीय समाजवादी फोरम, राजपा लगायतको समर्थनमा नयाँ सरकार पनि बन्यो।
_x000D__x000D_
२०७५ जेठ १४ गते नेकपा र फोरमबीच संविधान संशोधन गर्ने र सरकारमा सामेल हुने सम्झौतामा हस्ताक्षर भई फोरम सरकारमा समेत गयो। तर यत्तिका दिन बितिसक्दा न त संविधान संशोधन भयो न त मधेसले केही परिवर्तन महसुस गर्यो। सत्ताको चास्नीमा रमाउन पाएपछि मधेसदी दलहरुले मधेस आन्दोलनको म्यान्डेट चटक्कै बिर्सेका छन्। जनतालाई कुर्सीमा उक्लने भर्याङ ठान्ने मधेसवादी दलहरु यतिबेला झन्डा हल्लाउँदै चिल्ला गाडीमा सयर गर्नमा मस्त छन्।
_x000D__x000D_
मधेसी जनताको कहर
_x000D_पटक पटक आफ्नो अधिकारका लागि लड्दै आएका मधेसी जनता दुःख, अभाव र गरिबीले ग्रस्त छन्। मानव विकास सूचकांकमा निकै पछाडि रहेका मधेसका जिल्लाहरुमा अझै पनि भेदभाव व्याप्त छ। मुलुकले नयाँ संविधान जारी गरेर स्थिरताको चरणमा प्रवेश गर्ने बताइए तापनि मधेसमा अझै एक किसिमको अन्यौल कायम छ। संविधान संशोधन गरिने आश्वासन पटक पटक पाए पनि नगदमा भने केही प्राप्त भएको छैन। पचासौँ जनाले ज्यानको आहुति दिएर उपलब्धि हासिल भने शून्यप्राय छ। मधेसबाट जितेर गएका दलहरुमा दायित्वबोध रत्तिभर पनि भएको प्रतीत हुँदैन।
_x000D__x000D_
दुई तिहाइको दायित्व
_x000D_यसबीचमा संविधान संशोधन गर्ने लिखत गरेर फोरमलाई भित्र्याएको नेकपासँग स्पष्ट दुई तिहाइको बहुमत छ। कुनकुन विषय संशोधन गर्न सकिन्छ र कुनकुन सकिन्न, प्रष्ट रुपमा अगाडि राखेर प्रक्रिया अगाडि बढाउनु नेकपाको दायित्व हो।
_x000D__x000D_
शरीरमा कुनै अङ्गमा घाउ छ भनेर डराएर बस्नुभन्दा त्यसको अपरेशन गरेर सम्पूर्ण शरीरलाई चलायमान बनाउनु श्रेयस्कर हुन्छ। रेलदेखि पानीजहाजसम्मको सपना देख्ने प्रम ओलीलाई त्यसका लागि मधेशको मन जित्नु अपरिहार्य रहेको छ। सरकारले लोकतन्त्र दिवस, गणतन्त्र दिवस, प्रजातन्त्र दिवस सबैको बिदा कटौती गरेर संविधान दिवसलाई राष्ट्रिय दिवस मनाउने निर्णय गरिएको छ। यसकारण पनि संविधान दिवसको विशेष महत्व छ। राष्ट्रिय गौरवको यस दिनलाई कुनै समुदायविशेषले बहिष्करण गर्ने स्थिति सिर्जना दिनु हुँदैन। प्रम ओलीले मधेशवादी दलहरुलाई शीघ्रातिशीघ्र विश्वासमा लिई भव्यताका साथ संविधान दिवस मनाउने वातावरण सिर्जना गर्नु पर्दछ।
_x000D__x000D_
ठूलो पार्टीको जिम्मेवारी पनि ठूलै हुन्छ। त्यसैले यस विषयमा तत्काल पहलकदमी लिन जरुरी छ ताकि मधेशमा पनि हर्षोल्लाषका साथ दीपावली गर्न सकियोस्।
_x000D__x000D_
समृद्धिको संकल्प गर्दै दीपावली
_x000D_प्राकृतिक सम्पदाहरुको विपुल भण्डारण रहेको हाम्रो मुलुक अस्थिरताको लामो दुष्चक्रबाट बल्ल मुक्त हुन खोज्दै छ। यस्तो सुअवसरमा सम्पूर्ण नेपालीहरुले हातेमालो गर्दै समृद्धिको पथमा अघि बढ्न जरुरी छ। त्यसक्रममा सामाजिक न्यायको मुद्दालाई पनि नजरअन्दाज गरिनु हुँदैन। सम्पूर्ण नेपालीहरुले संविधानमा अपनत्वको भावना महसुस गरी त्यसको सफल कार्यान्वयनका निम्ति आफ्नो ठाउँबाट योगदान दिन जरुरी छ। मधेसी, पहाडी, आदिवासी, जनजाति सबैजनाले समृद्धिको संकल्प गर्दै दीपावली गर्दै संविधान दिवस मनाऔं।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।