• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

डिआइजी पदपूर्तिको प्रक्रिया सुरु, एसएसपीमा बढुवा फागुनसम्म धकलिने संकेत

64x64
नेपाल लाइभ मंगलबार, असोज २, २०७५  ०३:३१
1140x725

काठमाडौं– गृह मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयले रिक्त ११ डिआइजीमा पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ। ११ डिआइजीका लागि यसपटक २९ एसएसपीबीच प्रतिस्पर्धा हुने भएको छ।

डिआइजी बढुवाका लागि हालका आइजी सर्वेन्द्र खनालका ब्याचका एसएसपीसहित चार ब्याचका एसएसपीबीच प्रतिस्पर्धा हुन लागेको हो। बढुवाका लागि चार ब्याचका प्रहरी अधिकारी एकैपटक प्रतिस्पर्धी भएको यो पहिलो घटना हो। प्रतिस्पर्धीमध्ये ७ जना एसएसपी २०४६ सालका प्रहरी निरीक्षक ब्याचका हुन्।

असोज २२ गतेसम्म गत आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कन कायम रहने भएकाले यस मितिभित्र सकिनेगरी डिआइजी बढुवाको तयारी सुरु गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो।

एसएसपीहरु पूर्णचन्द्र जोशी, विकास श्रेष्ठ, विनोद शर्मा घिमिरे, ठाकुरप्रसाद ज्ञवाली, तारिणीप्रसाद लम्साल, हरिभक्त प्रजापति, सूर्यप्रसाद उपाध्याय डीआइजी बढुवाको अग्रपंक्तिमा देखिन्छन्। जोशी, श्रेष्ठ, घिमिरे र प्रजापति आइजीपी खनाल ब्याचका हुन्। उनीहरुले खनालसँगै २०४६ माघ २९ मा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए। त्यस्तै, ज्ञवाली, लम्साल र उपाध्याय सोही ब्याचका वैकल्पिक समूहका अधिकृत हुन्।

शैलेश थापा क्षत्री, निरजबहादुर शाही, हरिबहादुर पाल, गणेशबहादुर ऐर, बसन्तकुमार पन्त, प्रकाशजंग कार्की, घनश्याम अर्याल, प्रद्युम्नकुमार कार्की, ईश्वरबाबु कार्की, वीरेन्द्र श्रेष्ठ, पुरुषोत्तम कँडेल, डा देवबहादुर बोहरा, दिलीपकुमार चौधरी र राजेशकुमार लाल कर्ण, विश्वराज पोखरेल, धीरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, सौरभ राणा, रामकृपाल साह र उमेश रञ्जितकार पनि प्रतिस्पर्धामा छन्।

२९ जना एसएसपी मध्येबाट ११ जना डिआइजीमा बढुवा भएपछि १५ जना एसएसपीको पद रिक्त हुनेछ। हाल एसएसपीका ४ पद रिक्त छन्। डिआइजी बढुवासँगै बढुवा समितिले एसएसपी बढुवाका लागि पनि तयारी गरेको छ।

तर एसएसपी बढुवामा कानूनी अप्ठ्यारो पर्ने देखिएको छ। एसएसपी बढुवाका लागि ३२ एसपी प्रतिस्पर्धी छन्। उनीहरु सबै २०७१ फागुन १० गते एसपीमा बढुवा भएका हुन्।

बढुवाका लागि यस्तो छ कानुनी व्यवस्था
प्रहरी नियमावली २०७१ अनुसार एसएसपीमा बढुवा हुन एसपी पदमा रही कम्तिमा ४ वर्ष सेवा गरेको हुनुपर्ने प्रावधान रहेकोले समस्या देखिएको बढुवा समितिका एक सदस्यले जानकारी दिए।

Ncell 2
Ncell 2
nimb
nimb

प्रहरी नियमवालीको नियम ४ मा प्रहरीको श्रेणी र पद छुट्याइएको छ। जसमा राजपत्राङ्कित र राजपत्र अनङ्कित श्रेणी छन्। राजपत्राङ्कित भित्र विशिष्ट श्रेणीमा प्रहरी महानिरीक्षक र प्रहरी अतिरिक्त महानिरीक्षक, प्रथम श्रेणीमा प्रहरी नायव महानिरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षक, द्वितीय श्रेणीमा प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षक र तृतीय श्रेणीमा प्रहरी निरीक्षक पद पर्दछन्।

प्रहरी नियमवालीको नियम २८ अनुसार बढुवाका लागि उम्मेदवार हुन चाहिने सेवा अवधिका बारेमा उल्लेख गरिएको छ। नियम २८ (१) का अनुसार प्रहरी सेवाको रिक्त पदमा बढुवाद्वारा पदपूर्ति हुने पदको उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तहभन्दा एक श्रेणी वा तह मुनिको पदमा तल उल्लेखित सेवा अवधि पूरा गरेको हुनुपर्ने उल्लेख छ।

(क) प्रहरी सेवाको राजपत्राङ्कित अधिकृत पदका लागि ४ वर्ष।

(ख) प्रहरी सेवाको राजपत्र अनंङ्कित पदबाट राजपत्राङ्कित अधिकृत पदमा बढुवा हुनका लागि ८ वर्ष।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

(ग) राजपत्रअनंङ्कित पदका लागि ४ वर्ष।

एसपी पद राजपत्राङ्कित पद भएकाले एसएसपीमा बढुवा हुन ४ वर्ष पूरा भएको हुनुपर्ने उल्लेख गरिएको छ। नियमावलीको नियम ४ मा एसएपी र डिएसपी एउटै श्रेणीमा परेकाले दुबै पदको सेवा अवधि जोड्न सकिने बाटो पनि खुल्ला रहेको समितिका एक सदस्यले बताए।

नियमावलीमै प्रष्ट कुरा उल्लेख नगरिएकोले एसएसपी बढुवा भने अन्योलमा परेको छ। यदि, एसपीमा ४ वर्ष नपुगी बढु्वा गर्न नमिल्ने हो भने आगामी फागुन १० गतेसम्म नेपाल प्रहरीको १५ एसएसपी पद खाली हुने देखिन्छ। यसबारेमा कसरी अगाडि बढ्ने भन्नेबारे बढुवा समितिले गृहकार्य सुरु गरेको प्रहरी स्रोतले जानकारी दियो।

बढुवा समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रहरी महानिरीक्षक सदस्य र प्रहरी महानिरीक्षकले तोकेका अतिरिक्त प्रहरी महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था छ।

एक सदस्यले भने, ‘नियमावलीमा श्रेणी, तह र पद भनेर अस्पष्ट कुरा उल्लेख गरिएकाले समस्या देखिएको छ। सम्भवत छलफलबाट टुंग्याएर बढुवा गर्छाैं।’ एसएसपीमा बढुवा गर्दा तालिमवापत पाउने अंंक डिएसपीको समेत जोडिने व्यवस्था छ। जसका कारण डिएसपी र एसपीको सेवा अवधि जोडेर ४ वर्ष पुर्‍याएर बढुवा गर्न सकिनेबारे पनि छलफल भएको बताइएको छ।

यसभन्दा अघि एसपीबाट एसएसपीमा बढुवा गर्दा सबैजनाको ४ वर्ष पूरा भइसकेकाले समस्या आएको थिएन। तर, यसपटक भने एसपीमा बढुवा भएको ४ वर्ष नपुग्दै एसएसपीमा बढुवा गर्नुपर्ने भएकाले समस्या आएको हो। अहिले एसएसपीमा बढुवाका प्रतिस्पर्धीहरु २०५१/०५२ सालमा प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका हुन्। उनीहरु २०७१ फागनु १० गते एसपीमा बढुवा भएका थिए।

को–को छन् एसएसपी बढुवाको दौडमा?
यसपटक ३५ एसपीहरु एसएसपी बढुवाकाे दाैडमा छन्। एसपीहरु नरेन्द्रप्रसाद उप्रेती, सन्दीप भण्डारी, मीरा चौधरी थारू, दुर्गा सिंह, भरतबहादुर बोहरा, टेकप्रसाद राई, वसन्तबहादुर कुँवर, विष्णुकुमार केसी, रामदत्त जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, किरण बज्राचार्य, बुद्धिराज गुरुङ, राजेशनाथ बास्तोला एसएसपी बढुवाको दौडमा रहेका छन्।

त्यस्तै, जनकराज पाण्डे, मुकेशकुमार सिंह, सुरेन्द्र मैनाली, दीपक थापा, पोषराज पोखरेल, रवीन्द्र केसी, नवराज भट्ट, उमेशराज जोशी, भीमप्रसाद ढकाल, अशोक सिंह, हृदय थापा, कुबेर कडायत, केदार ढकाल, राजेन्द्र लालमणि आचार्य, गोविन्दकुमार शाह, सुदीप गिरी, टेकबहादुर तामाङ, जनक भट्टराई, कृष्णकुमार महत, किरण राणा, अर्जुनचन्द ठकुरीलगायतबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०७५  ०३:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्