काठमाडौं– बैंक तथा वित्तीय संस्थाले पछिल्लो समय अटोलोनको पोर्टफोलियो आर्कषणको केन्द्रमा राखेर लगानी गर्दै आएका छन्।
विगत दुई वर्षदेखि सवारी कर्र्जा अनुत्पादक क्षेत्र भन्दै केन्द्रीय बैंकदेखि अर्थ मन्त्रालयसम्मले कडाई गर्दै यो क्षेत्रको कर्जा निरुत्साहीत गर्दै आएका छन्। बैंकमा लगानीयोग्य रकम (तरलता) को अभाव भएसँगै २८ वटै वाणिज्य बैंकले अटोलोन ब्याजदर बढाएका छन्।
बैंकले अटोलोन बढाएर कूल लोनको औषत ११ देखि १३ प्रतिशतसम्म पुर्याएका छन्। लगानी योग्य पूँजी पर्याप्त भएका बेला बैंकले ७ देखि ८ प्रतिशत ब्याजमा अटोलोन दिएका थिए।
दुईपांग्रे सवारीसाधन खरीदका लागि बाइकका आधिकारिक वितरक कम्पनीले बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा कर्जामा बाइक बिक्री गर्दै आएका छन्। बाइक बिक्रेताले बैंक तथा वित्तीय संस्थासँग ब्याजदर निर्धारण गरी ग्राहक आकर्षित गर्दै आएका छन्।
अधिकांश कम्पनीले सहकारी संस्थासँग ब्याज प्रवाह र दर निर्धारण गरेका छन्। केही कम्पनीले आफ्नै सहकारी संस्थाबाट ऋण दिने गरेका छन्।
राष्ट्र बैंकको पछिल्लो नीति अनुसार ३५ प्रतिशत डाउन पेमेन्ट अनिर्वाय रुपमा जम्मा गर्ने मानिसले मात्रै अटोलोन पाउन सक्छन्। त्यसैले कुनैपनि गाडी खरीद गर्ने मानिसले खरीद मूल्यको ३५ प्रतिशत पहिले कम्पनीमा जम्मा गर्नुपर्छ।
भने बाँकी ६५ प्रतिशतसम्म बैंकले ऋण दिन सक्छन्। तर, सबैले ६५ प्रतिशत कर्जा बैंकबाट पाउँछन् भन्ने छैन।
कुन बाइक खरीद गर्दा कति ब्याजदरमा लाेन, तालिका हेर्नुहाेस् :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।