काठमाडौं– सात पटकको च्याम्पियन भारतलाई पराजित गर्दै माल्दिभ्सले साफ सुजुकी कप २०१८ फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
शनिबार बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको फाइनलमा माल्दिभ्सले अघिल्लो संस्करणको विजेता भारतलाई २–१ गोलले पारजित गरेर दोस्रो पटक उपाधि जितेको हो।
यसअघि माल्दिभ्सले सन् २००८ को फाइनलमा भारतलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो।
शनिबार माल्दिभ्सका लागि इब्राहिम हुसेनले १९ मिनेटमा पहिलो गोल गरेका थिए। उनले डिबक्स भित्रबाट हसन नाइजले दिएको पासमा गोल गरेका थिए।
६६ मिनेटमा माल्दिभ्सले अग्रता दोब्बर पार्यो। उसका लागि अलि फासिरले डिबक्स भित्रबाट गोल गरेका थिए। उनलाई गोल गर्न हमजाथ मोहमदले पास उपलब्ध गराए।
दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा भातरका सुमित पासीले गोल गरेपनि खेलमा फर्कन ढिला भइसकेको थियो।
यसअघि माल्दिभ्सले पहिलो सेमिफाइनलमा नेपाललाई ३–० गोलले पराजित गरेर फाइनलमा स्थान पक्का गरेको थियो। भारतले भने पाकिस्तानलाई हराएर फाइनलमा माल्दिभ्ससँगको भेट पक्का गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।