काठमाडौं– फिल्म 'कथा काठमाडौं'को ट्रेलर सार्वजनिक भएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। फिल्मको सार्वजनिक ट्रेलरमा काठमाडौं भित्रका कथा, जीवन पद्धती र युवायुवती बिचका फरक फरक सम्बन्धलाई प्रस्तुत गरिएको छ।
फिल्ममा स्टार कलाकारहरू आयुष्मान देशराज जोशी, प्रियंका कार्की, प्रमोद अग्रहरी, संजाेग कोइराला, प्रेक्षा अधिकारी, सन्ध्या केसी, लगायतको अभिनय रहेको छ। आधुनिक युवायुवतीमा रहने सम्बन्ध, प्रेम, यौन, रोमान्स, एडिक्सन, दुर्व्यसन, लागायतका विषयलाई फिल्मको ट्रेलरमा प्रस्तुत गरिएको छ।
संगीता श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको ट्रेलरमा अभिनेत्री प्रियंका र अभिनेता प्रमोदका प्रसस्त उत्तेजक दृष्यहरु समावेश छन्। केही हप्ताअघि सार्वजनिक भएको ‘रातका कुरा’ गीतमा पनि प्रियंका र प्रमोदको अभिनयमा रहेका दृष्यहरुले गर्दा फिल्म विवादको बिषय बनेको थियो। फिल्मको ट्रेलरमा अझ धेरै यस्ता दृष्यहरु छन्, जुन नेपाली दर्शकका लागि हलमा बसेर हेर्न लायकका छैनन्।
फिल्म आउँदो असोज १२ गतेबाट प्रदर्शनमा आउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।