नवलपरासी- पश्चिम नवलपरासीबाट एक महिनादेखि सम्पर्कविहीन बनेका एक बालक फेला परेका छन्।
गत साउन ३ गतेदेखि पश्चिम नवलपरासी प्रतापपुर ७ सूर्यपुरा बस्ने भोला चौधरीका १४ वर्षीय छोरा हेमनारायण चौधरी हराएका थिए। उनलाई फेसबुकको माध्यमबाट भारतको सिसवामा फेला पारिएको हो।
घरबाट बजार जान्छु भनी हिँडेका उनी घर नफर्किएपछि खोजी जारी राखिएको थियो।
बालक हराएको बारे फेसबुक लगायतका सामाजिक सञ्जालमा प्रचारप्रसार गरेपछि भारतको सिसवामा फेला परेको उनका बुवाका साथी बृजराज कुशहवाले बताए।
पछिल्लो पटक पश्चिम नवलपरासीबाट धैरैको सङ्ख्यामा बालबालिका हराउने गरे पनि कम सङ्ख्यामा मात्र फेला परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।