कञ्चनपुर– १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले वास्तविक अपराधी लुकाउन खोजेको भन्दै बुधबार पनि महेन्द्रनगरमा बिहानैदेखि प्रदर्शन भइरहेको छ।
महेन्द्रनगरवासी बिहानैदेखि बजार र व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका छन्। उनीहरूले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा माग गरेका छन्। स्थितिलाई नियन्त्रणमा लिन आज पनि प्रहरीले ७ सेल अश्रुग्यास प्रहार गरेको छ।
प्रहरीले मानसिक सन्तुलन ठिक नभएका व्यक्तिलाई अभियुक्त बनाएर सार्वजनिक गरेको भन्दै उनीहरूले मंगलबार पनि दिनभरी प्रदर्शन गरेका थिए। गत साउन १० गते बालिकाकाे बलात्कारपछि हत्या भएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।