दाङ– दाङमा प्रहरीले ठूलो मात्रामा चरेस बरामद गरी कारोबारीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले देउखुरी क्षेत्रको अमिलिया जंगलबाट ६० किलो चरेस बरामद गरेको हा ।
चरेस सहित प्रहरी पक्राउ परेका पाँच जनालाई पत्रकार सम्मेलन शुक्रवार सार्वजनिक गरेको छ ।
शुक्रवार १० किलो चरेससहित २ जनालाई पक्राउ गरिएको र उनीहरुको वयानको आधारमा खोजतलास गर्दा थप ५० किलो चरेस सहित ३ जनालाई शनिवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक कृष्णहरी शर्माले वताए।
यती ठूलो परिमाणमा चरेश सहित व्यक्ति पक्राउ परेको जिल्लामा पहिलो पटक भएको प्रहरी उपरिक्षक शर्माको भनाई छ।
पक्राउ पर्नेहरुमा प्रेमवहादुर घर्ति (रुकुम), डिल्लीराज चन्द (सल्यान), सपना पुन मगर (रुकुम), रुपा घर्ति (रुकुम), ध्रुव जंग बुढा (रुकुम) छन्। उनीहरुलाई लागुऔषध (चरेश) ओसारपसार शिर्षकमा मुद्धा दर्ता गरि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।