काठमाडौैं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्नो कामप्रति संकल्प र प्रतिवद्धता बढाउँदै लगि परिणाम निस्कने गरी काम गर्न कर्मचारी र सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन्।
आज गृहमन्त्रालयमा बसेको वार्षिक समिक्षा तथा मन्त्रीस्तरीय समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले अनुगमन माथि अनुगमन हुने गरी यसको दायरा समेत बिस्तार गरीने बताए।
गृह मन्त्रालय अन्तर्गतका निकायहरुको अनुगमन तिब्र पारिने उनको भनाई छ।
‘आफुले चलाउने कम्प्युटर धुलाम्मे हुँदा समेत कम्प्युटरको धुलो नपुछी काम गर्नेले आफ्नो जिम्मेवारी पुरा गर्न सक्दैन,’ उनले भने,‘सँधै बिभिन्न निकायबीच समन्वयको खाँचो रहेको भन्दै कार्यपत्र आउने गरेको छ । अब त्यस्तो गुनासो नसुनाउने गरी सम्बन्धित निकायबिच समन्वय गर्न निरन्तर बैठक बस्नुहोस् । ’
कार्यक्रममा मन्त्री थापाले मन्त्रालयले दिएको जिम्मेवारी अनुसार शान्ति, सुरक्षा, सुव्यवस्था र सुशासनका लागि प्रतिवद्ध भएर काम गर्न मातहतका निकायहरुलई निर्देशन दिए।
गृहसचिव पे्रमकुमार राईले परिणाम निश्कने गरी काम गर्न ईच्छाशक्तिको विकास गर्न आवश्यक रहेको टिप्पणी गरे।
बैठकमा गृह मन्त्रालय अन्तर्गतको योजना, अनुगमन तथा मुल्यांकन महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभाग, कारागार व्यवस्थापन विभाग, राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र लगायतले आफ्ना निकायको गत आर्थिक वर्षको बजेट तथा कार्यक्रमको अवस्था र आगामी कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।