काठमाडौं– बानेश्वरमा छतबाट खसेर बालिको मृत्यु भएको छ।
काठमाडौं प्रयाग मार्गस्थित ओम शान्ती होस्टेलको तेश्रो तलाको छतबाट खसेर सर्लाही मलगंवा नगरपालिका–१० स्थायी घर भएका सन्तोष कुमार कर्णको ४ वर्षीया छोरी साक्क्षकुमारी कर्णको सोमबार मृत्यु भएको हो।
होस्टेलको छतबाट जमिनमा खस्दा गम्भीर घाइते भएकी बालिकाको नागरिक अस्पताल मिनभवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।