काठमाडौं– वेश्यावृत्ति धन्दा चलाएको आरोपमा प्रहरीले सानेपास्थित एक डान्सबारमा छापा हानी दुई जनालाई पक्राउ गरेको छ।
सानेपास्थित हेम कुमारी सिलवालको घरमा रेस्टुरेन्ट चलाउने रामेछाप पकरवासस्थायी घर भएका सुजन कार्की र रामचन्द्र कार्कीलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुले सानेपामा रुफटप रेष्टुरेण्ट एण्ड बार संचालन चलाउँदै आएका थिए। जागिर लगाइदिने प्रलोभनमा उनीहरुले विभिन्न जिल्लाबाट युवतीहरुलाई काठमाडौं ल्याई सो डान्सबारमा काम लगाउँथे।
ग्राहकरुसँग मोटो रकम लिई उनीहरुसँग युवतीलाई जबरजस्ती सम्बन्ध राख्न लगाउने गरेको प्रहरीले जनाएको छ। पीडित किशोरीको उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
सो डान्सबारबाट ४ जना किशोरीको उद्धार समेत गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दले बताए।
पक्राउ परेकालाई प्रहरीले मानव बेचबिखन मुद्दामा कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।