काठमाडौं– चावहिल कोटेश्वर र कपन क्षेत्रमा नक्कली सुन देखाएर ठगी गर्ने तीन जना पक्राउ परेका छन्।
काठमाडौं जोरपाटी बस्ने सिन्धुपाल्चोक धैवुङ्ग–३ घर भएका २३ वर्षीय राज लामा तामाङ, जोरपाटी बस्ने नुवाकोट दुप्चेश्वरी–४ वेतिनि घर भएका २६ वर्षीय म्लाङसिङ्ग लामा र काठमाडौं कपन बस्ने सोलुखुम्वु घर भएका टासी लाक्पा शेर्पा रहेका छन्। उनीहरुमध्ये राज लामा विगतमा १० वर्ष जेल बसेर छुटेका अभियुक्त हुन्।
महानगरीय प्रहरी परिसर काठमाडौबाट खटिएको प्रहरी टोलीले चुच्चेपाटीबाट राज लामा र म्लाङसिङ्ग लामा तथा कपनबाट टासी शेर्पालाई पक्राउ गरेको हो ।
उनीहरुबाट प्रहरीले १ के.जी नक्कली सुनको बिस्कुट, १ थान वेरुवा औठी र १ थान नक्कली सुनको सिक्रिको नक्कली विल समेत बरामद गरेको छ ।
पक्राउ परेका राज लामा विगतमा महानगरीय प्रहरी बृत्त बौद्द र महाराजगंजमा दुईपटक ठगी अपराधमा मुद्दा चलेको व्यक्ति र टासी लाक्पा शेर्पा २०५८ सालमा आफ्नै फुपुलाई कर्तव्य गरी मारेको मुद्धामा १० वर्ष जेल भुक्तान गरी निस्केको र हाल डकैती, चोरी तथा लुटपाटमा संलग्न रहेको खुल्न आएको काठमाडौं परिसरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।