काठमाडौं– अनसनरत डा गोविन्द केसीलाई भेट्न पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र गृहमन्त्री नरेश भण्डारीलाई केसीको प्रतिरक्षामा उत्रेका विद्यार्थीहरुले प्रवेश गर्न नदिएर अस्पतालबाट फर्काइदिएका छन्।
डा केसीलाई अपहरण शैलीमा लैजान नपाइने भन्दै उनीहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री र गृहमन्त्रीले समेत भेट्न नपाउने भन्दै फर्काएका हुन्। स्थानीय जनतासहित विद्यार्थीहरुले अनसन स्थलमा पुग्नबाट काठमाडौंबाट गएको सरकारी पक्षलाई समेत रोकेको छ।
विद्यार्थीहरुले केसीलाई काठमाडौं लैजानु अघि आफूहरुको ज्यान लिनु पर्ने भन्दै नारावाजी गरिरहेका छन्। जुम्लाका महिलाहरु पनि थाल र घरेलु हतियारसहित केसीको पक्षमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका छन्।
विद्यार्थीहरुले अस्पताल प्रवेश गर्न नदिएपछि मुख्यमन्त्री र गृहमन्त्री उपकुलपतिको कार्यकक्षमा बसेका छन्। विद्यार्थीहरुको आन्दोलन शान्त भएपछि पुनः प्रवेश गर्ने सोचका साथ उनीहरु अस्पतालमै बसेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।