काठमाडौैं– कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर डा गोविन्द केसीको स्वास्थ्य स्थिति थप गम्भीर बन्दै गएको भन्दै ध्यानाकर्षण गराएका छन्।
मंगलबार भेटका क्रममा देउवाले डा केसीसँग तत्कालै वार्ता गरेर माग पूरा गरी उनको जीवनरक्षा गर्नु सरकारको कर्तव्य रहेकोबारे प्रधानमन्त्रीलाई सचेत गराएको नेपाली कांग्रेसद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ।
आफ्नो नेतृत्वमा रहेको नेपाली कांग्रेसको सरकारले डा. केसीको मागलाई सुनुवाई गरेर उच्चस्तरीय कार्यदलको आधारमा जनभावना अनुरुप जारी गरेको अध्यादेशलाई हुबहु विधेयकको रुपमा ल्याउनु अहिलेको समाधान हुने धारणा देउवाको थियो। सरकारले यसलाई तोडमोड गरेर जवरजस्ती ढंगले विधेयक ल्याउने प्रयत्न गरे कांग्रेसको विरोधको सामना गर्नुपर्ने उनले चेतावनी दिएका छन्।
कांग्रेसले मंगलबार नै देशब्यापी आन्दोलनको घोषणा गरिसकेको छ। महामन्त्री डा.शशांक कोइरालाले बिज्ञप्ती जारी गरि साउन १५ गते देखि सरकारको कार्यशैलीको विरोधमा देशव्यापी आन्दोलन गर्ने घोषणा भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।